इटहरी : नेपाल आयल निगमले आधा सिलिन्डर एलपी ग्यास वितरण गर्ने भएको छ।
एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन भन्दै निगमले शुक्रबारदेखि आधार सिलिन्डर ग्यास वितरण गर्ने भएको हो।
निगमले जनाएअनुसार अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री हुनेछ।
पश्चिम एसियामा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको निगमले जनाएको छ।












Discussion about this post