विराटनगर : कोशी प्रदेश सरकारको बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरिएको छ।
त्यस्तै, प्रदेश सरकारले २०८३ सालमा दिने सार्वजनिक सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ।
वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।
गत असोज १८ र १९ गते बाढी पहिरो साथै चैत्र १ र २ गते आएको हावाहुन्डरीबाट क्षति भएको क्षेत्रमा पुनर्निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको विपद कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरिएको मन्त्री पराजुलीले जानकारी दिए।













Discussion about this post