Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

निर्माण सुरू भएको ११ वर्षपछि बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १८, २०८२
in विविध, समाचार
0
निर्माण सुरू भएको ११ वर्षपछि बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा, मुख्यमन्त्री कार्कीले गरे उद्घाटन
62
SHARES
Share on FacebookShare on Twitter

इलाम : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना सञ्चालन गरिएको बताएका छन्।

इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमासहितको पार्कको उद्घाटन गर्दै बुधबार मुख्यमन्त्री कार्कीले नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना सञ्चालन गर्न लागिएको बताएका हुन् ।

कोशी प्रदेश, संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क निर्माण थालिएको ११ वर्षमा सञ्चालनमा आएको हो ।

१७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क नेपाल, भारत लगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तव्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिए ।

नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

मुख्यमन्त्री कार्कीले युवा लक्षित उदय परियोजना कार्यक्रम बिहीबार इटहरीमा हुने कार्यक्रममार्फत शुभारम्भ गरिने जानकारी दिए । उनले उक्त कार्यक्रममा लगानी गर्नका लागि कोशी प्रदेशका विभिन्न बैंकको छनौट गर्ने काम सम्पन्न भैसकेकाले साना, मझौला युवा उद्योगीले सहजै ३० लाखदेखि तीन करोड सम्म सहुलियत ब्याजदरमा ऋण पाउने जानकारी दिए ।

कोशी प्रदेश सरकारले स्वीस सरकार संगको समन्वयमा आर्थिक बर्ष २०८२।८३ को बजेटमा आठ अर्ब रकम बिनियोजन गरिएको कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले भने ‘युवालाई उद्योग संचालन गर्न सहयोग गरी व्यावसायिक बनाउनका लागि प्रदेश सरकारले दुई बर्ष भित्रमा आठ करोड रुपियाँ लगानी गर्ने योजना बनाएको छ। यसले बेरोजगारी समस्या समेत समाधान गर्ने छ ।’

हिमाली र पहाडी जिल्लामा सहुलियतमा १० लाख सम्म ऋण उपलब्ध गरा र ३० देखि ४० प्रतिशत धितोमा उक्त ऋण प्रवाह गरिने कार्कीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले गत वर्षदेखि युवालाई लक्षित गरी ब्याज अनुदान कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनले बताए । प्रदेशले कृषि मन्त्रालय मार्फत ६ करोड रुपियाँ रकम बिनियोजन गरी शुरु गरेको ब्याज अनुदान कार्यक्रममा १५० बढी परियोजना संचालनमा रहेका छन ।

उक्त ब्याज अनुदान कार्यक्रममा जम्मा लगानीको छ प्रतिशत रकम प्रदेश सरकारले व्यहोर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

Tags: इलामहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना...

FEATURE BREAKING

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : इटहरीमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। बुधबार साँझ करिब ६ बजेतिर इटहरी उपमहानगरपालिका–२ डम्फुचोकमा लागूऔषध बिक्री...

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.