लेटाङ नगरपालिका ९ नम्बर वडामा रहेको फेसबुक चोक नजिकै एक घरमा आगलागी भएको छ ।
दिनेश राईको दुई तले काठको घरमा आगलागी हुदा घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा, कागजपत्र, सुन चादि तथा सम्पूर्ण सामान करिब ५० लाख बराबरको धनजनको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
प्रहरीका अनुसार विहान करिव ९ बजे विद्युत सट भई आगलागी हुदा स्थानिय, दमकल तथा अस्थाइ प्रहरी चौकी जातेबाट खटिएका ५ र इप्रका लेटङबाट खटिएका ११ प्रहरीको टोलिले करीब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।



















Discussion about this post