उदयपुर : उदयपुरमा सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत नेपालटारबाट गाइघाटतर्फ आउँदै गरेको कोशी प्रदेश ०५-००१ ह ०६८५ नम्बरको सिटी सफारी दुर्घटना हुँदा रौतामाई गाउँपालिका ७ मुर्कुचीका ४ वर्षीय सुरज मग्रातीको मृत्यु भएको हो ।
दुर्घटनामा सिटी चालक त्रियुगा नगरपालिका-३ भुल्केका ३४ वर्षीय जयराम चौधरी र मृतक सुरजका बाबु दीपक मग्राती घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post