Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उपभोक्ता ठगीविरुद्ध विराटनगर महानगरमा कडा

बजार अनुगमन प्रभावकारी बनाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०८३
in समाचार
0
उपभोक्ता ठगीविरुद्ध विराटनगर महानगरमा कडा
63
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : बजारमा गुणस्तरहीन वस्तु बिक्री, कम तौल र मनपरी मूल्य असुलीका गुनासा बढ्न थालेपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई थप कडाइका साथ अगाडि बढाउने भएको छ ।

उपभोक्ता हित संरक्षणलाई केन्द्रमा राख्दै महानगरले नियमित, प्रभावकारी र परिणाममुखी अनुगमन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन–२०८० को दफा २१ बमोजिम गठित बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले व्यवसायीलाई कानुनको दायराभित्र रहेर व्यापार गर्न सचेत गराउँदै उपभोक्तामाथिको कुनै पनि प्रकारको ठगी सह्य नहुने स्पष्ट पारेको छ ।

समितिकी संयोजक एवं विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले व्यवसायसँग सम्बन्धित कानुन, मापदण्ड र उपभोक्ता अधिकारबारे जानकारी राख्नु हरेक व्यवसायीको दायित्व भएको बताइन् ।

उनले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन महानगर कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिइन् ।

‘व्यवसाय गर्नु अधिकार हो, तर कानुन पालना गर्नु दायित्व पनि हो,’ उनले भनिन्, ‘उपभोक्तालाई ठग्ने, गुणस्तरमा सम्झौता गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कसैलाई पनि छुट दिइँदैन । बजारलाई अनुशासित बनाउन महानगर दृढतापूर्वक अघि बढ्छ ।’

बैठकमा सहभागी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बजारमा देखिएका विकृति नियन्त्रणका लागि स्थानीय तह, प्रशासन र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए ।

उनले अनुगमनलाई केवल औपचारिकतामा सीमित नराखी व्यवहारिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘उपभोक्ताको अधिकार संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘बजारमा हुने अनियमितता नियन्त्रण गर्न प्रशासन पूर्ण रूपमा सहयोगी रहनेछ । नियम उल्लंघन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइन्छ ।’

बैठकमा उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरुले बजारमा गुणस्तरहीन सामग्री बिक्री, कम तौल, म्याद गुज्रिएका वस्तुको कारोबार तथा मूल्यमा अस्वाभाविक अन्तर देखिएको भन्दै प्रभावकारी अनुगमनको माग गरेका थिए ।

बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम, विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवाल, मोरङ उद्योग व्यापार संघका कार्यकारी अधिकृत भरत शर्मा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरकी सावित्री न्यौपाने, महानगर प्रहरी प्रमुख राजन पौडेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Tags: #अनुगमन#विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा
समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् । गुरुङले भरुवा बन्दुक लुकाएर राखेको...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना...

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

भदौ १६, २०८३

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

भदौ १६, २०८३
जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.