Friday, May 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी निरीक्षक साह सर्वोत्कृष्ट प्रहरी घोषित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १, २०८३
in समाचार
0
इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी निरीक्षक साह सर्वोत्कृष्ट प्रहरी घोषित
53
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले सागर साहलाई वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।

इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी निरीक्षक साहले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा उनले विभिन्न मितिमा फैसला कार्यान्वयन अभियान सञ्चालन गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्ने क्रममा ड्रोन क्यामेरामार्फत अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाएको प्रहरीले जनाएको छ।

त्यसैगरी नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह गर्ने, सञ्चार शाखा निर्माण गर्ने तथा हिरासत कक्षमा पुस्तकालय स्थापना गर्ने जस्ता नवप्रवर्धनात्मक कार्यमार्फत नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्‍याएको मूल्याङ्कन गरिएको छ।

उक्त कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ।

Tags: #प्रहरीसर्वोत्कृष्टसर्वोत्कृष्ट प्रहरीसागर साह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चार दशकपछि एमालेसँग रामप्रसाद चौलागाईंको राजनीतिक ‘ब्रेकअप’
FEATURE BREAKING

चार दशकपछि एमालेसँग रामप्रसाद चौलागाईंको राजनीतिक ‘ब्रेकअप’

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १, २०८३
0

इटहरी : रामप्रसाद चौलागाईंले चार दशकभन्दा लामो राजनीतिक यात्रापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेका छन्। एमाले कोशी प्रदेश समितिका पूर्व...

विविध

मेची–महाकाली यात्राबाट ४८ सडकआश्रित मानवको उद्धार

by रासस
जेष्ठ १, २०८३
0

सुनसरी : मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा एक महिनामै एक करोड बढी भेटी सङ्कलन

बैशाख ३१, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभाको बजेट अधिवेशन जेठ ६ गतेदेखि

बैशाख ३१, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी मोरङबाट पक्राउ

बैशाख ३१, २०८३
इटहरीमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना

इटहरीमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना

बैशाख ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चार दशकपछि एमालेसँग रामप्रसाद चौलागाईंको राजनीतिक ‘ब्रेकअप’

चार दशकपछि एमालेसँग रामप्रसाद चौलागाईंको राजनीतिक ‘ब्रेकअप’

जेष्ठ १, २०८३
इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी निरीक्षक साह सर्वोत्कृष्ट प्रहरी घोषित

इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी निरीक्षक साह सर्वोत्कृष्ट प्रहरी घोषित

जेष्ठ १, २०८३

मेची–महाकाली यात्राबाट ४८ सडकआश्रित मानवको उद्धार

जेष्ठ १, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरामा एक महिनामै एक करोड बढी भेटी सङ्कलन

बैशाख ३१, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    510 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.