विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालयले सागर साहलाई वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी निरीक्षक साहले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा उनले विभिन्न मितिमा फैसला कार्यान्वयन अभियान सञ्चालन गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्ने क्रममा ड्रोन क्यामेरामार्फत अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाएको प्रहरीले जनाएको छ।
त्यसैगरी नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह गर्ने, सञ्चार शाखा निर्माण गर्ने तथा हिरासत कक्षमा पुस्तकालय स्थापना गर्ने जस्ता नवप्रवर्धनात्मक कार्यमार्फत नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याएको मूल्याङ्कन गरिएको छ।
उक्त कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ।















Discussion about this post