धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सहकारी पीडितलाई राज्यकोषबाट रकम दिने सरकारी तयारीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले ठगी गर्नेहरूसँग रकम असुल्न नसकेर सरकारले राज्यकोषको पैसा प्रयोग गर्न लागेको आरोप लगाए ।
उनले “ठगहरूबाट असुल्न नसकेर राज्यकोषबाट सहकारी पीडितलाई पैसा दिइँदैछ, जुन पैसा विकासे योजनामा लगाउनुपर्ने थियो,” भन्दै सरकारको कदममाथि प्रश्न उठाएका छन् ।
साम्पाङले यस्तो अभ्यासले भविष्यमा ठगीलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन पुग्ने तर्क गरेका छन् । “यो चलनले अब जसले ठग्दा पनि हुने भन्ने देखियो,” उनले उल्लेख गरेका छन् ।













Discussion about this post