इटहरी : सुनसरी प्रहरीले फरक–फरक मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका धरान उपमहानगरपालिका–११ जोरसखुवाका २६ वर्षीय समय लिम्बुलाई पक्राउ गरेको हो।
उनलाई सुनसरी जिल्ला अदालत इनरुवाको मिति २०८१ असोज १० गतेको फैसलाले २५ वर्ष कैद सजाय तोकेको थियो।
त्यसैगरी, लेनदेन बिगो मुद्दामा फरार रहेका इटहरी उपमहानगरपालिका–१३ का ३८ वर्षीय मदन सरदारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनलाई जिल्ला अदालत सुनसरीको मिति २०८३ जेठ ५ गतेको फैसलाले २ वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउ परेका दुवै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।














Discussion about this post