सोलुखुम्बु : सोलुखुम्बु जिल्लामा मनसुनजन्य विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै प्रभावित अवस्थामा तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले विपद् प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ।
जिल्लाभित्र खोज तथा उद्धार, सूचना संकलन, योजना तर्जुमा, फौज तैनाथी तथा उपलब्ध स्रोत–साधनको समुचित व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सरोकारवाला निकायहरूको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
सोलुदुधकुण्ड नगरपालिका–११ स्थित सोलु खोलामा सञ्चालन गरिएको उक्त अभ्यासमा पानीमा डुबेका तथा बाढीले बगाएका व्यक्तिहरूको खोज तथा उद्धारसम्बन्धी कृत्रिम घटना प्रस्तुत गरिएको थियो।
अभ्यासमार्फत विपद्को समयमा विभिन्न सुरक्षा निकायबीच समन्वय, द्रुत प्रतिकार्य तथा उद्धार क्षमताको परीक्षण गरिएको जनाइएको छ।













Discussion about this post