Thursday, June 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

रासस by रासस
जेष्ठ २१, २०८३
in पर्यावरण, समाचार
0
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला
52
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको बेलबारीस्थित बेतना सिमसारमा करिब चार वर्षअघि फेला परेका अतिसङ्कटापन्न सूचीमा सूचिकृत ‘ब्लाक सफ्टसेल’ नामक कछुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

अष्ट्रियाका वैज्ञानिकको टोलीले बेतना सिमसार क्षेत्रमा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा यी कछुवा फेला परेका हुन्।

सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ हो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा अतिसङ्कटापन्न अवस्थामा सूचीकृत यो कछुवाका लागि बेतना सिमसार प्राकृतिक वरदान सावित हुनुपर्नेमा पछिल्लो समय बढ्दो मानवीय चाप र चेतनाको अभावका कारण यी कछुवाको भविष्य सङ्कटमा पर्दै गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए।

पर्यटन प्रवर्द्धनका नाममा सिमसार क्षेत्रमा भइरहेका केही अनियन्त्रित गतिविधि कछुवाहरूका लागि अभिसाप बन्दै गएका छन्।

“वनभोज मनाउनेको घुइँचो, चर्को आवाजमा बज्ने सङ्गीत र जथाभावी फालिने प्लास्टिकजन्य फोहरले पानीको गुणस्तर मात्र बिगारेको छैन, कछुवाको शान्त वातावरणलाई खलल पु¥याएको छ । सिमसार क्षेत्र कछुवा जस्ता थुप्रै रैथाने प्रजातिको मुख्य बासस्थान हो । यसको संरक्षण गर्नु सबैको दायित्व हो”, उनले भने ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत पोखरेलले जथाभावी फाल्ने प्लास्टिकजन्य फोहर कछुवासहित अन्य जीवले निल्न सक्ने वा त्यसमा अल्झिएर मृत्यु हुनसक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।

“विशेष गरेर समुद्री क्षेत्रका कछुवा तथा जीवमा यो देखिएको छ । नेपालमा भने यो विषयमा तथ्याङ्कहरू कम छन्”, उनले भने।

प्रदूषणले सिमसारको पारिस्थितिकीय प्रणाली बिगार्नुका साथै कछुवाले प्लास्टिकलाई खाना सम्झेर निल्दा उनीहरूको ज्यानै जाने जोखिम हुनसक्ने पोखरेलले बताए।

“प्लास्टिकजन्य फोहर टुक्रिएर माइक्रोप्लास्टिकमा परिणत हुन्छ । जसले जल र माटोको विषाक्तता बढाएर खाद्य चक्रलाई असर गर्दछ”, उनले भने।

यसबाहेक, सिमसार तटमा जम्ने प्लास्टिकले कछुवाको गुँड बनाउने र अण्डा कोरल्ने प्राकृतिक प्रक्रियालाई अवरुद्ध सङ्कट निम्त्याउने संरक्षण अधिकृत पोखरेलले बताए ।

कछुवालाई फुल पार्न र घाम ताप्नका लागि शान्त दलदल वा बालुवाको ढिस्को चाहिन्छ । सिमसारको सौन्दर्यीकरण गर्ने नाममा कङ्क्रिटका संरचनाहरू बनाइँदा उनीहरूको प्राकृतिक ओथारो बस्ने ठाउँ नासिँदै गएका छन्।

“कछुवालाई पर्यटकको गतिविधि, उनीहरूले दिएको खानेकुरा, बाहिरबाट ल्याइएका मिचाहा प्रजातिका माछा तथा अन्य जीव, सडकमा गाडी कुद्धा निस्कने थर्कावट, निर्माण, विषादी आदिले असर गरेको हुन्छ”, डा. रामचन्द्र अधिकारीले भने।

कछुवा प्रकृतिको पहिचान तथा महत्वपूर्ण जन्तु भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।

बेतना सिमसार वन उपभोक्ता समिति अध्यक्ष शम्भू भट्टराईका अनुसार कछुवा तथा जिवजन्तुलाई कुनै पनि असर पुग्ने काम सिमसार समितिले नगरेको दाबी गरे।

“कछुवाहरूले पानी सफा राख्न र मरेका जीवहरू खाएर पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन मद्दत गर्छन्। कतिपय अवस्थामा माछा मार्ने जालमा परेर वा स्थानीयस्तरमा कछुवाको महत्व नबुझ्दा यी दुर्लभ जीवले ज्यान गुमाउनु परिरहेको छ”, उनले भने।

Tags: कछुवापर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
FEATURE BREAKING

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

विविध

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

by रासस
जेष्ठ २१, २०८३
0

झापा : विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३
ढुङ्गा–जालीको विकल्प बन्दै बाँस, निन्दा नदी किनारमा ४ हजार बिरुवा रोपियो

ढुङ्गा–जालीको विकल्प बन्दै बाँस, निन्दा नदी किनारमा ४ हजार बिरुवा रोपियो

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन