इटहरी : लोकतन्त्रलाई सुदृढ बनाउन सत्ता र शक्तिमा बसेकाहरूप्रति उठ्ने प्रश्न, शंका र आलोचना स्वाभाविक मात्र नभई आवश्यक हुने विभिन्न विद्वानहरूले बताएका छन्।
कवि मनु मञ्जिलका अनुसार लोकतान्त्रिक प्रणालीमा आलोचना र प्रश्नलाई अस्वाभाविक रूपमा लिन नहुने बताउँदै सत्ता पक्षप्रति हुने टिप्पणीले प्रणालीलाई अझ सबल बनाउने धारणा राखिएको छ।
त्यस्तै, लोकतन्त्र समर्थन र भक्तिभावमा आधारित व्यवस्था नभई स्वतन्त्र विचारहरूको आदान–प्रदान भएको उनको भनाइ छ। समर्थक विचारभन्दा आलोचनात्मक दृष्टिकोणले शासन प्रणालीलाई सुधारतर्फ लैजाने भएकाले यसको महत्व उच्च रहने उनले उल्लेख गरे।
प्रसिद्ध भारतीय लेखक आर.के. नारायणको उदाहरण दिदैँ मञ्जिलले लोकतन्त्रतमा आलोचना अपरिहार्य रहेको बताए।
भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीसँग सम्बन्धित प्रसङ्ग उदृत गर्दै समर्थन गर्नेभन्दा विपक्षी पत्रपत्रिका पढ्ने प्रवृत्ति उनले अपनाएको उल्लेख गरेका छन्।
गान्धीले आफूलाई समर्थन गर्ने पत्रिकाको सामग्री अनुमान गर्न सकिने तर वास्तविक बुझाइका लागि विपक्षी विचार आवश्यक हुने बताएको मञ्जिलले उल्लेख गरेका छन्।
लोकतन्त्रमा चाप्लुसीभन्दा आलोचनात्मक चेतना महत्वपूर्ण हुने भएकाले समर्थनले आत्मसन्तुष्टि दिन सक्छ भने आलोचनाले उत्तरदायित्व र सुधारको बाटो देखाउने विद्वानहरूको निष्कर्ष छ।













Discussion about this post