Tuesday, June 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
in FEATURE BREAKING, विविध, समाचार
0
विराटनगरको बजेट तयारी : महिला, दलित, अपाङ्गता र अल्पसंख्यकका मुद्दा प्राथमिकतामा राख्न सुझाव
56
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी र सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउन विराटनगर महानगरपालिकाले गैरसरकारी संघसंस्थासँग सुझाव संकलन गरेको छ ।

महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा मंगलबार आयोजित छलफल कार्यक्रममा विभिन्न क्षेत्रका गैरसरकारी संस्था, अधिकारकर्मी तथा सरोकारवालाहरूले आ–आफ्ना समुदायका आवश्यकता र चुनौतीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल ग्रामीण विकास केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले ज्येष्ठ नागरिक दिवसेवा केन्द्र सञ्चालनका लागि बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै ज्येष्ठ नागरिकको स्वास्थ्य, हेरचाह तथा सम्मानजनक जीवनयापन सुनिश्चित हुने नीति ल्याउन आग्रह गरे ।

अल आमना महिला संघकी प्रतिनिधि मदिरा खातुनले मुस्लिम महिलाहरूको सामाजिक तथा आर्थिक अवस्था अझै कमजोर रहेकाले उनीहरूको शिक्षा, सीप, स्वास्थ्य तथा सशक्तीकरणका मुद्दालाई आगामी नीतिमा प्राथमिकता दिनुपर्ने बताइन् ।

परिवर्तन समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि परिवार र समाजबाट विभेद तथा बहिष्करणको सामना गर्न बाध्य रहेको उल्लेख गर्दै उनीहरूको सम्मानित जीवन, सामाजिक सुरक्षा र रोजगारीका अवसर सुनिश्चित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राखिन् ।

श्रवणदृष्टिविहीन अभिभावक समाजकी अध्यक्ष नम्रता नेपालले श्रवणदृष्टिविहीन व्यक्तिहरूको आवश्यकता र अधिकारलाई नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरिन् ।

यस्तै, कोशी बहिरा संघकी प्रतिनिधि सुनिता तिवारीले बहिरा समुदायका लागि विशेष प्राथमिकतासहित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

दलित महिला उत्थानका क्षेत्रमा कार्यरत संस्था फेडोकी अध्यक्ष शर्मिला परियारले विशेषगरी मधेसी दलित महिलालाई लक्षित गरी सीपमूलक तालिम, उद्यमशीलता विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।

नेपाल अपाङ्ग महासंघका प्रतिनिधि सरोज नेपालीले महानगरभित्र निर्माण हुने सार्वजनिक तथा निजी संरचनालाई अपाङ्गतामैत्री बनाउन भवन निर्माण अनुमति प्रक्रियामै आवश्यक मापदण्ड लागू गर्नुपर्ने धारणा राखे ।

सौन्दर्य व्यवसायीहरूको तर्फबाट प्रमिला थापाले निर्णय तहमा महिलाको सहभागिता अझै न्यून रहेको उल्लेख गर्दै महिला नेतृत्व विकास तथा नेतृत्व उत्पादन गर्ने नीति समेट्न आग्रह गरिन् ।

अधिकारकर्मी ममता यादवले मधेसी महिलाहरुकाो सशक्तिकरणका लागि सीपमूलक र सचेतनामूलक कार्यक्रमका लागि बजेट छुट्याउन सुझाव दिइन् ।

गैरसरकारी संस्थाहरूको तर्फबाट बोल्दै गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले महानगरभित्र क्रियाशील संघसंस्थाहरू महानगरसँग सहकार्य गर्दै विकास र सामाजिक रूपान्तरणका काममा सक्रिय रहेको उल्लेख गर्दै संस्थाहरूका कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अनुरोध गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सामाजिक समावेशीकरणको क्षेत्रमा आफूले लामो अनुभव हासिल गरेको उल्लेख गर्दै सहभागी संस्थाहरूबाट प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको समापन गर्दै उपप्रमुख शिल्पा निराला कार्कीले आगामी बजेट, नीति तथा कार्यक्रम सबै वर्ग, क्षेत्र र समुदायलाई समेटेर अघि बढ्ने विश्वास दिलाउँदै प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ अध्ययन गरी कार्यान्वयनतर्फ पहल गरिने बताइन् ।

कार्यक्रममा फरेनका नवराज निरौला, मानव अधिकारका लागि महिला एकल महिला समाजकी अध्यक्ष चूडा रेग्मी, सामाथ्य समाज नेपालका प्रतिनिधिलगायतले एक दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुले महिला, अपाङ्गता भएका व्यक्ति, पिछडा वर्ग, दलित, मधेसीलगायत सबै क्षेत्रलाई सम्बोधन हुने बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

Tags: #विराटनगरविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

मोरङ : मोरङको लेटाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३
विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

विराटनगरमा आए नयाँ प्रमुख प्रशासकीय

जेष्ठ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन