Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

पौवादुङमा गाउँपालिकाले रु २० लाखको कार्यक्रममार्फत १०० रोपनी क्षेत्रमा खेती विस्तार गर्दै किसानलाई नगदेबालीतर्फ आकर्षित गरिरहेको छ

रासस by रासस
जेष्ठ ३०, २०८३
in समाचार
0
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती
62
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् ।

विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा लिँदै गाउँपालिकाले योजनाबद्ध रूपमा अदुवा खेती विस्तारमा जोड दिएको हो ।

कृषिमा आधुनिकीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।

अदुवा खेती विस्तारको लागि गाउँपालिकाले रु २० लाखको कार्यक्रम सञ्चालन गरेको छ । जसमा गाउँपालिकाको रु १० लाख र किसानको रु १० लाख लागत साझेदारी रहेको छ । यस कार्यक्रममार्फत वडा नं ६ ठूलोदुम्माका सात वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलोदुम्माको करिब १०० रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिए । यहाँ अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले यसको खेती विस्तारमा जोड दिएको उनको भनाइ छ ।

“अदुवा खेतीले बजारमा राम्रो मूल्य पाउने र दीर्घकालीन रूपमा आम्दानी दिन सक्ने भएकाले यसको सम्भावना राम्रो देखिएको छ,” उनले भने ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राइले विगत वर्षदेखि बाँदरको आतङ्कका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठुलो क्षति हुँदै आएको बताइन् । बाँदर आतङ्कको विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड दिएको उनले जानकारी दिइन् ।

“बाँदरका करण किसानले लगानी गरेको मेहनत खेर जाने अवस्था बनेपछि हामीले वैकल्पिक समाधान खोज्नुपर्‍यो,” उनले भनिन्, “अदुवा खेतीमा बाँदरको क्षति न्यून हुने भएकाले किसानलाई यसतर्फ प्रोत्साहित गरेका हौँ ।”

कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले किसानलाई बारीमै पुगेर तालिम, प्राविधिक परामर्श तथा अनुगमन गर्ने काम भइरहेको उनले जानकारी दिए । अदुवा खेतीको सम्भावना उच्च भएकाले सही प्रविधि र आवश्यक व्यवस्थापनको विषयमा किसानलाई जानकारी दिने काम भइरहेको उनको भनाइ छ ।

“ठूलोदुम्मा क्षेत्रमा अदुवाको राम्रो सम्भावना छ” उनले भने, “अन्य बालीको तुलनामा बाँदरले अदुवा खेतीमा कम क्षति पुर्‍याउने भएकाले किसान यसको खेतीमा लागेका छन् । हामी पनि किसानलाई खेतबारीमा पुगेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ ।”

गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताए । “हामी किसानलाई परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ रूपान्तरण गराउँदै लैजान चाहन्छौँ,” अध्यक्ष राईले भने, “फलफूल, अदुवा, बेसारजस्ता नगदेबालीमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने र आयस्तर बढाउने हाम्रो योजना हो ।”

अनुदान सहयोग पाएपछि अदुवा खेती विस्तार गर्न निकै सहज भएको स्थानीय किसान दिलिप राईले बताए । उनका अनुसार पहिले मकै तथा अन्य बाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्‍याउने गरेको थियो ।

“अदुवा खेतीमा भने बाँदरको क्षति कम हुन्छ,” उनले भनिन्, “त्यसैले अहिले हामी व्यावसायिक रूपमा यसतर्फ जुटेका छौँ । खेती विस्तारका लागि गाउँपालिकाको सहयोग महत्त्वपूर्ण बनेको छ ।”

स्थानीयस्तरमै उत्पादन वृद्धि गर्दै बजारसँग जोड्न सकेमा अदुवा खेतीले किसानको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अर्का युवा किसान समिर राईले बताए ।

बाँदरले कम क्षति गर्ने भएकाले हाल आफूले ३० क्षेत्रमा अदुवा खेती विस्तार गरेको उनले जानकारी दिए । आगामी दिनमा थप क्षेत्रफलमा अदुवा खेती विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

Tags: #कृषि#भोजपुर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.