इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले को २१ प ५६५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकलका चालक रामधुनी नगरपालिका–१ का १७ वर्षीय प्रयास चौधरी र पछाडि सवार ३२ वर्षीय अजय चौधरीलाई चेकजाँच गर्दा अजयको साथबाट १३.७२ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।













Discussion about this post