झापा : नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विश्वप्रकाश शर्माबीच झापामा भेटवार्ता भएको छ। दुवै नेताबीच पार्टीभित्रको एकतासहित समसामयिक राजनीतिक विषयमा ‘वान टु वान’ छलफल भएको स्रोतले जनाएको छ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनपछि धुलाबारीस्थित निवासमा शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्न पुगेका दुई नेताबीच छुट्टै कोठामा वार्ता भएको हो।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईका अनुसार सिटौला र शर्माबीच कुराकानी भएको थियो।
वार्ताको विषयवस्तु खुलाइएको छैन। यद्यपि उपसभापति शर्माले ‘पार्टीभित्र एकता कायम गर्न तपाईहरूले पनि दाइहरूलाई भन्नुपर्यो’ भन्ने धारणा व्यक्त गरेको हुमागाईले बताए।
दुई नेताबीचको भेटलाई कांग्रेसभित्र पछिल्लो समय देखिएको गुटगत दूरी कम गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।
आगामी महाधिवेशन र पार्टीको आन्तरिक समीकरणबारे चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
सिटौलासँग पूर्व केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला उपसभापति केशवराज पाण्डे, सचिव हुमागाई, बिर्तामोड नगरसभापति भोजराज सिटौला, तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती र नेविसंघ झापाका सभापति सञ्जय निरौलालगायत नेताहरू पनि भण्डारी निवास पुगेका थिए।












Discussion about this post