Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय

रासस by रासस
असार २, २०८३
in समाचार
0
गरिब, दलित र बेसहारा बालबालिकाको सहारा बन्यो खोटाङको निःशुल्क आवासीय विद्यालय
58
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जिल्लाको जन्तेढुङ्गा गाउँपालिका(३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन् ।

उक्त विद्यालयमा गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यस विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत रहेकामा दुई जनाले शुल्क तिरेर अध्ययन गरिरहेका विद्यालय प्रशासनले जनाएको छ ।

विसं २०१४ मा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको विद्यालयका शिक्षक जीवन राईले बताए । उक्त कार्यक्रमअन्तर्गत कक्षा २ मा दुई, कक्षा ३ मा एक, कक्षा ४ मा सात, कक्षा ५ मा पाँच, कक्षा ६ मा चार, कक्षा ७ मा आठ जना र बाँकी कक्षा १० मा रहेका उनले जानकारी दिए ।

“विद्यालयमा सञ्चालित यस कार्यक्रममा अधिकांश बुबाआमा नभएका विद्यार्थी अध्ययनरत छन्”, उनले भने, “चाडपर्व तथा विशेष अवसरमा उनीहरूसँगै बसेर मनोरञ्जन गर्छौँ । आवासी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएपछि दुई जना विद्यार्थीका अभिभावकले शुल्क तिरेर राख्नुभएको छ ।”

विद्यालयमा सञ्चालित आवासीय शिक्षा कार्यक्रममा उदयपुरका एक जना बेसहारा विद्यार्थीसमेत अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिए ।

“आवासमा बस्ने विद्यार्थीका लागि तीन वटा कक्षाकोठालाई आवासका रूपमा प्रयोग गरिएको छ । यो कार्यक्रममा १० जना छात्रा छन्”, उनले भने, “आवासमा बस्ने विद्यार्थीलाई आवश्यकताअनुसार समूहमा विभाजन गरेर छुट्टाछुट्टै राखिएको छ । रेखदेख, पठनपाठन तथा खेलकुदका लागि २४सै घण्टा समय दिने गरेका छौँ ।”

कक्षा १० सम्म पठनपाठन हुने यो विद्यालयमा सञ्चालित आवास शिक्षा कार्यक्रमका लागि प्रधानाध्यापकसहित दुई जना शिक्षक र एक जना कर्मचारीको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमिला राईले जानकारी दिइन् ।

“विद्यालय सञ्चालनमा सुरुका दिनमा चुनौतीपूर्ण थियो । गाउँपालिकाले उपलब्ध गराउने बजेट समयमा निकासा नहुँदा व्यवस्थापनमा चुनौती थियो”, उनले भनिन्, “आवासीय विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले २४सै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्दै आउनुभएको छ ।”

यहाँका गरिब, दलित र असहाय बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन गाउँपालिकाको लगानीमा निःशुल्क आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले बताइन्।

“गरिब, दलित र असहाय बालबालिकाका लागि गाउँपालिकाको तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ”, उनले भनिन्, “यसका लागि गाउँपालिकाबाट हरेक वर्ष रु १८ लाख बजेट उपलब्ध हुन्छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम छोटो समयमा प्रभावकारी बन्दै गएको छ ।”

गाउँपालिकाको लगानीमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रमबाट लक्षित वर्गका बालबालिका प्रत्यक्ष लाभान्वित भएका स्थानीयले बताएका छन् ।

आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रूपमा रु ४० हजार उपलब्ध गराएर यस कार्यक्रममा सहभागी हुनसक्ने विद्यालय प्रशासनले जनाएको छ ।

शिक्षा क्षेत्रको सुधारमा क्रियाशील उक्त गाउँपालिकाले चार वर्षदेखि छ जना छात्रछात्रालाई बाली विज्ञान विषयमा निःशुल्क अध्ययन गराइरहेको छ ।

आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामा फर्किएर काम गर्ने सहमतिमा छ जना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

Tags: #खोटाङविद्यालयशिक्षा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.