इटहरी जेसीजले आफ्नो सप्ताहको अवसर पारेर आयोजना गरेको हाजिरिजवाफ प्रतियोगितामा तरहरा जेसीज प्रथम भएको छ ।
जेसीज सप्ताहको छैठौँ दिन शुक्रवार हाजिरिजवाफ आयोजना गरिएको थियो । विभिन्न ठाउँका १० वटा जेसीजहरुको सहभागी रहेको प्रतियोगितामा तरहरा प्रथम भएको हो । तरहरा जेसीजबाट उत्तम गिरी र सन्तोष पुरी सहभागी भएका थिए ।
प्रतियोगितामा इन्द्रपुर जेसीज दोस्रो र लेटाङ जेसीज तेस्रो भएका छन् ।
इटहरीले जेसीजले असोज ३ गते जनचेतनामूलक साइकल यात्राबाट सुरु गरेको जेसीज सप्ताहमा ४ गते पथीभरा फुटसलमा मैत्रीपुर्ण फुटसलको आयोजना गरेको थियो ।
त्यस्तै ५ गते अर्थात् तेस्रो दिन जेसीज स्थापना भएको ३४ वर्ष पुरा गरेको अवसरमा इटहरी ९ को मरिक टोलका ३३ परिवारलाई खाद्यान्न लगायतको रहत सामाग्री वितरण गरेको थियो ।
चौथो दिन असोज ६ गते जेसीजले इटहरीको टैँग्रा टोलका ३३ जनाको निःशुल्क कोरोना बीमा गरेको थियो ।













Discussion about this post