Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी सरकार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
in टाकुरा विशेष, समाचार
0
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
61
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी प्रदेश सरकार पुगेको छ। आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा गम्भीर कमजोरी रहेको स्वीकार गर्दै सरकारकै नेतृत्व र मन्त्रीहरूले सुधारको संकेत दिएपछि संसद्मा दर्ता भइसकेको बजेट संशोधन गर्ने विषयले राजनीतिक र संवैधानिक बहसको रूप लिएको छ।

विपक्षी मात्र होइन, सरकारमै रहेका मन्त्री, सत्तारुढ सांसद र मुख्यमन्त्री स्वयंले बजेट निर्माण प्रक्रियामा कमजोरी भएको स्वीकार गरेपछि बजेट संशोधन सम्भव छ वा छैन भन्ने विषय प्रदेश राजनीतिको केन्द्रमा पुगेको हो।

बजेटमा पहुँचका आधारमा सीमित निर्वाचन क्षेत्रमा योजना केन्द्रित गरिएको, मन्त्रालयले सिफारिस गरेका आयोजना हटाइएको तथा विकास योजनाको वितरण असन्तुलित भएको भन्दै सत्ता गठबन्धनभित्रै असन्तुष्टि चर्किएको छ। विवादका कारण प्रदेशसभाको बैठक पटक–पटक स्थगित हुँदै आएको छ। असार ११ गते बस्ने तय भएको बैठक पहिलो पटक असार १६ र त्यसपछि असार १८ गतेका लागि सारिएको छ।

यसैबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक रूपमा बजेटमा समस्या रहेको स्वीकार गर्दै आवश्यक सुधार गरेर कार्यान्वयन गरिने बताएका छन्।

साउनदेखि आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन गरिने र त्यसबारे सम्बन्धित मन्त्रीसँग समझदारी भइसकेको उनको भनाइ छ। मुख्यमन्त्रीको अभिव्यक्तिलाई बजेट संशोधनको सम्भावनासँग जोडेर हेरिएको छ।

पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले आफ्नो मन्त्रालयले सिफारिस गरेका महत्वपूर्ण आयोजना अन्तिम समयमा हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।

बजेट सुधारका लागि उनले चार विकल्प अघि सारेका छन्। खासगरी बजेट पुनर्लेखन, विनियोजन विधेयकको अनुसूची संशोधन, पूरक बजेट तथा वित्तीय हस्तान्तरण हुनुपर्ने उनको भनाइ छ।

तर सरकारकै अर्का मन्त्री प्रदीपकुमार सुनुवारले भने संसद्मा दर्ता भइसकेको बजेट संशोधन गर्न संविधान र संसदीय अभ्यासले स्पष्ट आधार नदिने तर्क गरेका छन्। उनका अनुसार कुनै पनि निर्णय संवैधानिक सीमाभित्र रहेर मात्र गर्नुपर्छ।

बजेट संशोधनको विषयमा अर्थशास्त्रीहरूको धारणा पनि विभाजित देखिएको छ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले राजनीतिक सहमति जुटे मन्त्रालयको समग्र बजेट सीमा परिवर्तन नगरी कार्यक्रम पुनर्संरचना गर्न सकिने बताएका छन्। यद्यपि यस्तो अवस्था सरकारका लागि नैतिक रूपमा सहज नहुने उनको टिप्पणी छ।

पूर्वअर्थसचिव डा. डिल्लीराज खनालले भने असाधारण परिस्थितिमा संसद्ले सुधारात्मक अभ्यास विकास गर्न सक्ने धारणा राखेका छन्।

व्यापक असन्तुलन देखिएको अवस्थामा संसद्ले आवश्यक संशोधन गर्न सक्ने परम्परा विकास हुनु दीर्घकालीन रूपमा सकारात्मक हुने उनको भनाइ छ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भूपेन्द्र राईले पनि बजेट अन्तिम सत्य नभएको भन्दै संसद्ले आवश्यक ठानेमा सुधार गर्न सक्ने बताएका छन्। उनका अनुसार यही नै परिपक्व संसदीय अभ्यासको विशेषता हो।

विवाद समाधानका लागि एमाले र कांग्रेसका प्रतिनिधि सम्मिलित कार्यदलले बजेटमा छुटेका योजना, निर्वाचन क्षेत्रगत असन्तुलन तथा मन्त्रालयले उठाएका विषयको अध्ययन गरिरहेको छ।

प्रदेशसभाको आगामी बैठकअघि साझा निष्कर्ष निकाल्ने प्रयास जारी रहेको जनाइएको छ।

Tags: कोसी प्रदेशटाकुरा विशेषबजेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    479 shares
    Share 192 Tweet 120
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.