Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

कोशीमा पहिलोपटक विद्यालय केन्द्रित बालविवाहविरुद्ध अभियान

रासस by रासस
साउन ६, २०८३
in विविध, समाचार
0
खोटाङ : आफन्तकामा हिँडेकी बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गरेपछि…

सांकेतिक तस्बिर । तस्बिर स्रोत : गुगल ।

69
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित विशेष अभियान सञ्चालन गर्न लागिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनको तयारी गरेको जनाएको छ ।

मन्त्रालयका सचिव उद्धव रिजालका अनुसार प्रदेशका एक हजार २०० भन्दा बढी विद्यालयमा उक्त अभियान सञ्चालन गरिनेछ । कार्यक्रमको कार्यान्वयन तथा सहजीकरणका लागि प्रदेशका १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखले अनुगमन गर्नेछन् ।

त्यस अभियानअन्तर्गत विद्यालयस्तरमै बालविवाहविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।

प्रत्येक विद्यालयलाई कार्यक्रम सञ्चालनका लागि रु ४५ हजारका दरले बजेट उपलब्ध गराइने भएको छ ।

विद्यालय लक्षित कार्यक्रम सञ्चालनका लागि सङ्घीय सरकारले रु छ करोड सशर्त विशेष अनुदान उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । प्रदेशमा पहिलोपटक यस खाले अभियान सञ्चालन हुन लागेको सचिव रिजालले जानकारी दिए।

विद्यालय केन्द्रित कार्यक्रमले बालविवाह नियन्त्रणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिक्षा र सशक्तीकरणलाई अभियानको मुख्य आधार बनाइएको छ ।

यस कार्यक्रमले विद्यार्थीमा चेतना बढाउने मात्र नभई उनीहरूलाई सशक्त बनाउनेछ। हालसम्म कोशी प्रदेशका पाँच स्थानीय तहले मात्र बालमैत्री स्थानीय तह घोषणा गरेका छन् ।

झापाका कमल, भद्रपुर र कनकाई नगरपालिका, इलामको सूर्याेदय नगरपालिका तथा सुनसरीको रामधुनी नगरपालिकाले बालमैत्री घोषणा गरेका हुन् । प्रदेशका बाँकी १३२ स्थानीय तहले भने अझै बालमैत्री घोषणा गर्न सकेका छैनन्।

सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालका अनुसार नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त बनाउने राष्ट्रिय लक्ष्यअनुरूप उक्त अभियान सञ्चालन गर्न लागिएको हो।

यसअघि कोशी प्रदेश सरकारले सन् २०२५ भित्र प्रदेशलाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य लिएको भए पनि उक्त अभियान सफल हुन सकेको थिएन।

Tags: अभियानकोसी प्रदेशबालविवाह
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.