मोरङ : मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाउनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–९ निवासी २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए।
उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो। उपचारकै क्रममा मंगलबार राति १ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।












Discussion about this post