इटहरी : इटहरी उपमहानगरपालिका–२ पशुपति चोकबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१–०२–००५ ह ४८३७ नम्बरको सिटी सफारी रोकेर जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सिटी सफारी चालक इटहरी–२ का २१ वर्षीय संजीप पौडेल र सफारीमा सवार मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का ३२ वर्षीय सुमन कार्कीको साथबाट ब्राउनसुगर ०.७१ ग्राम (७१० मिलिग्राम) बरामद भएको छ।
बरामद भएपछि प्रहरीले दुवै जनालाई सिटी सफारीसहित नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post