Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

रासस by रासस
साउन २७, २०८३
in विविध, समाचार
0
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
49
SHARES
Share on FacebookShare on Twitter

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु ८१ लाख ९२ हजार ६२७ ले बढी राजस्व सङ्कलन गरेको लेखा शाखा प्रमुख पूर्ण राईले जानकारी दिए । यो अघिल्लो आवको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो ।

कार्यालयले अघिल्लो आव ०८१/८२ मा रु १३ करोड ८२ लाख तीन हजार ५१७ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आव ०८०/८१ मा रु ११ करोड ३२ लाख ६१ हजार ६७८ मात्र राजस्व उठाएको थियो ।

कार्यालयले सबैभन्दा धेरै सवारीसाधन करबाट रु १० करोड ९३ लाख ९१ हजार १८४ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु दुई करोड आठ लाख ६४ हजार ४५० प्राप्त गरेको थियो ।

त्यस्तै, यातायात क्षेत्रको आम्दानीबाट रु एक करोड २० लाख ६८ हजार ७९० सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए ।

त्यस्तै, आयकरबाट रु ४० लाख चार हजार ३२०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ३१ हजार ३००, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट रु नौ हजार १०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु २७ हजार राजस्व सङ्कलन गरेको थियो ।

त्यसैगरी, नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु ९५ लाख दुई हजार ९०० उठाएको थियो ।

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्लाहरू पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीहरू पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।

Tags: इलामयातायातराजस्वराजस्व संकलन
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन २६, २०८३
0

इटहरी : इटहरीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट २१ ग्रामभन्दा बढी ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय...

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३
रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

रवीन्द्रको शव सेनाको हेलिकोप्टरबाट सुनसरी लगिने, परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.