Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
in विविध, समाचार
0
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा
65
SHARES
Share on FacebookShare on Twitter

इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन ।

झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रुपमा २०४९ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ ।

झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर सडकमध्ये करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ ।

एक किलोमिटर कालोपत्रको चरणमा छ भने करिब २६ किलोमिटरको यात्रा अझै सहज छैन । जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्म साढे छ किलोमिटरबाहेक बाँकी सडकमा स्थानीयले हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोग्नुपरिरहेको छ ।

हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्तापित हुनुपरेको छ भने यात्रुहरु आजित बनेका छन् ।

“जेठदेखि भदौसम्म मोटरसाइकल समेत कुदाउन नसकिने गरी सडक हिलाम्मे हुन्छ, कात्तिकदेखि वैशाखसम्म घरै ढाक्नेगरी आउने धुलोको मुस्लोले हैरान बनाउँछ”, सडक छेउमै घर भएका माङसेबुङ–३ का निवर्तमान वडाध्यक्ष मैतराज राईले भने, “हिउँदमा बिहानको अधिकांश समय त धुलो नियन्त्रण गर्न सडकमा पानी हाल्दाहाल्दै बित्ने गरेको छ ।”

यतिबेला मुस्किलले दमकदेखि चिसोपानीसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ । लगातारको वर्षाका कारण सडक हिलाम्मे हुँदा यात्रामा जोखिम र सास्ती छ । वर्षा र बाढीले ठाउँठाउँमा खाल्डाखुल्डी परेको छ । ठाउँठाउँमा पोखरीझैँ पानी जमेको छ । अधिकांश क्षेत्र हिलाम्मे बनेको छ ।

सो सडकमा दैनिक सयौँ मालवाहक एवं यात्रुवाहक सवारीसाधन तथा मोटरसाइकल ओहोरदोहोर गर्ने गर्छन् । यात्रुहरुले जोखिम मोलेर कष्टकर यात्रा गर्न बाध्य छन् । आफूले समेत श्रमदान गरेर ट्रयाक खोलेको सो सडक साढे तीन दशक बितिसक्दा समेत नबन्नु विडम्बना रहको राई बताउँछन्।

सूर्योदयको दृश्यावलोकन गर्न सकिने तीनथुम्बे र माङमालुङ डाँडा, चिताएको मनोकाङ्क्षा पूरा हुने गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल आँपडाँडा, किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र लारुम्बा (माङसेबुङ) जस्ता विभिन्न धार्मिक एवं पर्यटकीयस्थलको अवलोकन गर्न आउने पर्यटकहरुलाई समेत आवतजावतमा समस्या हुने गरेको स्थानीयहरु बताउँछन्।

सडक निर्माण पूरा नहुँदा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिका एवं देउमाई नगरपालिका र पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा, कुम्मायक गाउँपालिकालगायतका बासिन्दालाई झापा आउजाउ गर्न एवं दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न समस्या भएको छ।

यहाँका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने र कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन सकस हुँदा स्थानीयवासी आक्रोशित बनेका छन्।

हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुँदा यात्रा गर्न निकै कष्टकर बनेको पाँचथरको कुम्मायक गाउँपालिका–५ यासोकका चिरञ्जीवी घिमिरेले बताए ।

“झापाको दमकबाट कुम्मायक जाने सबैभन्दा छोटो दूरीको बाटो यही हो, तर बर्खामा हिँडडुल गर्न एकदमै समस्या छ”, उनले भने, “दूरी छोटो भए पनि यात्रा कष्टकर छ । यसलाई चाँडो सम्पन्न गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।”

माङसेबुङ गाउँपालिका–२ का यातायात व्यवसायी सुरेश योङहाङले बर्खाको समयमा दुःखले मात्र यातायातका साधन सञ्चालन गरिरहेको बताए । “बर्खामा असहज बाटोका कारण गाडीमा आम्दानीभन्दा खर्च बढी आउने गरेको छ”, उनले भने।

सडकको हालसम्मको प्रगति

सो सडकको पहिलो खण्डअन्तर्गत जिरो प्वाइन्टदेखि मार्चेबुङसम्म छ दशमलव २९ किलोमिटर कालोपत्रे सम्झौता भएको आठ वर्ष पुग्यो । आठ वर्षमा साढे पाँच दशमलव २९ किलोमिटर मात्र कालोपत्र भएको छ । एक किलोमिटर अधुरै छ ।

सो सडकखण्ड कालोपत्रका लागि २०७५ साउन २९ गते ३० महिनामा सक्नेगरी महालक्ष्मी–किरातेश्वर जेभीले ठेक्का सम्झौता गरेको थियो ।

तर ठेकेदार कम्पनीले निर्धारित समयमा त काम गरेन नै, चौथो पटक म्याद थप गर्दा समेत काम सम्पन्न नगर्दा स्थानीयलाई यात्रा गर्न सास्ती छ । अन्तिमपटक थपिएको म्याद समेत २०८० असार मसान्तमै सकियो । रु २२ करोड ५९ लाख ६४ हजारमा छ दशमलव २९ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो ।

हाल ठेकेदार कम्पनी महालक्ष्मी–किरातेश्वर जेभीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताए।

“अन्तिम पटक थपिएको म्याद सकिएको पनि तीन वर्ष भइसक्यो”, उनले भने, “अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको छ, अब एक किलोमिटर जति कालोपत्र हुन बाँकी छ, कार्यालयको तर्फबाट ताकेता गरिरहेका छौँ ।”

त्यसबाहेक सो सडकअन्तर्गत झापाको दमकदेखि घर्तीदोधानसम्म रतुवा खोलाको किनारैकिनार र त्यसपछि माङसेबुङ–चतुरे–माङमालुङ–चिसोपानीसम्म करिब ३३ किलोमिटर ट्रयाक भने खुलेको छ ।

साढे दुई वर्षदेखि काम ठप्प

सो सडकको दोस्रो र तेस्रो खण्डको काम भने साढे दुई वर्षदेखि ठप्प रह्यो । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्रे गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दुवै खण्ड सडक तीन वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी २०७६ फागुन २ गते ठेक्का सम्झौता भएको थियो ।

दोस्रो खण्ड रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड रु ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको थियो ।

दुवै खण्डको म्याद २०७९ फागुन २ गते सकिए पनि काम सम्पन्न नभएपछि २०८० पुस मसान्तसम्म म्याद थपियो । तर, थपिएको समयमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत मात्र काम गरेर ठेकेदार कम्पनी काम छाडेर हिँडेपछि सबै काम ठप्प रह्यो।

ठेकेदार कम्पनीले काम छाडेर हिँडेपछि २०८० चैत १३ गते सरकारले लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता रद्द गरी बैंक ग्यारेन्टी जफत ग¥यो । त्यसविरुद्ध विपक्षी कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले रिट खारेज गरिदियो।

यसअघि कम्पनीले जिल्ला अदालत झापामा करार सम्झौताको यथावत परिपालना गराइपाउँ भनी अर्को मुद्दा दायर गरेको थियो ।

सो मुद्दाको सम्बन्धमा जिल्ला अदालत झापाले २०८२ पुस २१ गते ‘मध्यस्थताद्वारा विवाद समाधान गराउनुपर्ने’ आदेश दिएको छ। आदेशको कार्यान्वयन हुन बाँकी रहेको सडक डिभिजन प्रमुख इन्जिनियर यादवले बताए।

पुरानो ठेक्का तोडेपछि नयाँ आह्वान

दमक–चिसोपानी सडकको ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि सरकारले गत असार ५ गते पुनः नयाँ ठेक्का आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष ०८३/८४ बाटै निर्माण सुरु हुने गरी ठेक्का आह्वान गरिएको सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवले बताए । त्यसका लागि १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन्। प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने काम भइरहेकाले आर्थिक प्रस्ताव खोल्न केही समय लाग्ने उनले बताए।

यस सडकको २६ किलोमिटर कालोपत्र गर्नका लागि बहुवर्षे ठेक्का आह्वान हुँदा विभिन्न १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेको बताइएको छ। प्राविधिक प्रस्तावको मल्याङ्कन भइरहेको छ, आर्थिक प्रस्ताव खोल्न अझ केही समय लाग्ने उल्लेख गर्दै उनले ठेक्का प्रक्रियाको काम सम्पन्न भएपछि सम्झौता हुनसाथ काम सुरु गरिने बताए।

सो सडक कालोपत्रेका लागि सङ्घीय सरकारले रु एक अर्ब ६४ करोडको स्रोत सहमति दिएको छ । चालु आवका लागि रु १२ करोड समेत विनियोजन भएको डिभिजन प्रमुख इन्जिनियर यादवले जानकारी दिए।

जिल्ला अदालत झापाबाट मध्यस्तामार्फत मुद्दा टुङ्गो लगाउने आदेश आएपछि नयाँ प्रक्रिया थालिएको उनको भनाइ छ ।

“झापा जिल्ला अदालतले मध्यस्थता प्रक्रिया अघि बढाउन भनेपछि सडक विभागबाट ठेक्का लगाउन सहमति लिएर नयाँ ठेक्का आह्वान गरिएको हो”, उनले भने ।

निर्माण थालनी भएको साढे तीन दशकसम्म निर्माण हुन नसक्दा निरास भएका स्थानीयवासी यसपटक भने आशावादी छन् ।

“वर्षौंदेखि बाटो बन्छबन्छ मात्र भनियो तर कहिल्यै बनेन”, माङसेबुङ–२ का मिलन लिम्बूले भने, “नयाँ ठेक्का आह्वान भएपछि आशा पलाएको छ । आवश्यक खबरदारीसँगै सकरात्मक सहयोग गरेर यसलाई पूर्णता दिनुपर्छ ।”

मालवाहक सवारी चलाउन रोक

माङसेबुङ गाउँपालिकाले मङ्गलबारदेखि सो सडकमा हेभी मालवाहक सवारीसाधन (ट्रक, टिप्पर, ट्रेलर/लोबेठ तथा अन्य भारी क्षमताका मालवाहक सवारी) चलाउन रोक लगाएको छ ।

माङसेबुङ गाउँपालिकाअन्तर्गत पर्ने क्षेत्रमा वर्षाका कारण क्षतिग्रस्त भई यातायात सञ्चालनमा जोखिम उत्पन्न भएपछि मर्मतसम्भार तथा पुनस्थापना कार्य भइरहेको हुँदा अनिश्चितकालसम्मका लागि मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको माङसेबुङ गाउँपालिका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताए।

“माङसेबुङ गाउँपालिकाभित्र पर्ने विभिन्न क्षेत्रका क्षतिग्रस्त सडक मर्मतसम्भारको कार्यलाई सुरक्षित, व्यवस्थित र समयमै सम्पन्न गर्नका लागि उपभोक्ता समितिले दिएको निवेदनका आधारमा मालवाहक सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्दै सो सडकमा सञ्चालन गर्न रोक लगाइएको छ”, उनले भने, “अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने सवारीसाधनलाई भने कुनै रोकतोक छैन ।”

तीन पालिकाले मर्मतसम्भार गर्दै

नागरिकहरुलाई आवतजातवमा सहजताका लागि इलाम र पाँचथरका तीनवटा पालिकाले सो सडक मर्मतसम्भार सुरु गरेको छ । इलामको माङसेबुङ र फाकफोकथुम एवं पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त रुपमा सो सडक मर्मतसम्भारको काम सुरु गरेका हुन् ।

गाउँपालिकाले रु १५ लाख, फाकफोकथुम गाउँपालिकाले रु सात लाख र मिक्लाजुङ गाउँपालिकाले रु आठ लाखको साझेदारीमा कूल रु ३० लाखको लागतमा मर्मतसम्भारको काम सुरु गरिएको नेम्बाङले बताए। बढी समस्याग्रस्त क्षेत्र माङसेबुङ–३ भञ्ज्याङदेखि माङसेबुङ–२ को माङबालुङ (रक्से) बजारसम्म खाल्डाखुल्डी सम्याउने र ग्राभेल गर्ने काम भइरहेको छ।

सडक समयमै स्तरोन्नति भए माङसेबुङसहित इलाम र पाँचथरका हजारौँ नागरिकको आवागमन सहज हुने स्थानीयको भनाइ छ ।

सडक निर्माण पूरा हुँदा यस क्षेत्रको व्यापार, पर्यटन र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । सो सडक निर्माणको सुरुआत २०४९ सालमा सुरु गरिएको थियो।

Tags: #सडकइलाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.