Thursday, October 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

बर्जुताल : प्रकृति र पर्यटनको संगम

रासस by रासस
भदौ ६, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
बर्जुताल : प्रकृति र पर्यटनको संगम

बर्जु ताल सुनसरी, ५ भदौ : सुनसरीको बर्जु गाउँपालिका–६ मा अवस्थित करिब १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जुताल । समथर भूभाग, विशाल जलाशय, हरियाली वातावरण, खुला प्राकृतिक दृश्य तथा जैविक विविधताका

62
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत छन् । उनी विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल घुम्न आउने गरेको बताउँछन् ।

विराटनगरबाट नजिक, फराकिलो र शान्त वातावरण भएकाले विद्यालय बिदा हुनासाथ साथीसँग बर्जुताल आउने गरेको उनको भनाइ छ । “विराटनगरबाट नजिक छ । घुम्नका लागि पनि आकर्षक भएकाले विद्यालय बिदा हुने बित्तिकै साथीसँग साइकलमा यहाँ आउने गछौँ”, उनले भने ।

बर्जुताल पछिल्ला वर्षमा आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै गएको स्थानीय राजेन्द्र चौधरी बताउँछन् ।

गर्मीको तुलनामा जाडो मौसममा पर्यटकको आगमन बढी हुने गरेको उनले जानकारी दिए । पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यापार तथा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

“यहाँ घुम्न मात्र नभई भिडियो तथा गीतचलचित्र छायाङ्कनका लागि पनि विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्,” उनले भने ।

करिब १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जुताल समथर भू–भागमा फैलिएको विशाल जलाशय, हरियाली वातावरण र खुला प्राकृतिक दृश्य बर्जुतालका प्रमुख आकर्षण हुन् ।

तालको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न निकायले पूर्वाधार निर्माण र विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रदेश सरकार र बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ताललाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रु दुई करोड चार लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट तालको स्वागतद्वार, वनभोजस्थल, चमेना गृह, टिकट काउन्टर तथा सार्वजनिक शौचालय निर्माण गरिएको संरक्षण समितिले जनाएको छ । साथै ताल क्षेत्रको सडक स्तरोन्नति तथा भूभाग व्यवस्थापनको कामसमेत गरिएको छ ।

बर्जुताललाई एक फन्को पैदल हिँडेर लगाउन करिब डेढ घण्टाभन्दा बढी समय लाग्छ । तालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरम दृश्यका कारण दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् ।

मोरङ, सुनसरी, झापालगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् भने करिब ४० प्रतिशत पर्यटक भारतबाट आउने गरेकोसमितिको भनाइ छ ।

संरक्षण समितिका अध्यक्ष बिलतसिंह श्रेष्ठले बर्जुताल स्थानीय क्षेत्रको महत्त्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

गर्मी समयमा दैनिक करिब १५० जना पर्यटक आउने गरे पनि जाडो मौसम तथा पिकनिक सिजनमा दैनिक दुई हजार पाँच सयभन्दा बढी पर्यटक आउने गरेको उनले जानकारी दिए । शनिबार तथा सार्वजनिक बिदाको समयमा चारदेखि पाँच हजारसम्म पर्यटक बर्जुताल घुम्न आउने गरेको समितिले जनाएको छ ।

ताल क्षेत्रमा करिब २०० प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।

जाडो समयमा ताल वरपरको सिमसार क्षेत्र वनस्पति, जलचर तथा चराचुरुङ्गीको अध्ययन–अनुसन्धानका लागि उपयुक्त मानिन्छ । यसका कारण विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीसमेत बर्जुताल पुग्ने गरेका छन् ।

पर्यटकको आकर्षणका लागि तालमा अहिले १५ वटा चार सिटे पैडल डुङ्गा र एउटा ठुलो यान्त्रिक डुङ्गा सञ्चालनमा छन् । पर्यटकले डुङ्गा सयर गर्दै तालको मध्यभागसम्म पुगेर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन् ।

ताल क्षेत्रमा सडक, वनभोजस्थल, सार्वजनिक शौचालय, चिल्ड्रेन पार्क, छातासहितको ६० भन्दाबढी बस्ने ठाउतालको बीचमा मन्दिर तथा चराचुरुङ्गीका बस्न आइसल्याण्डलगायतका संरचना निर्माण गरिएको छ । यी संरचनाले तालको पर्यटकीय आकर्षण थप बढाएको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा करिब रु एक करोड ४० लाखको लागतमा थारु सङ्ग्रहालय निर्माण गरिएको छ । साथै पर्यटकको आकर्षण थप बढाउने उद्देश्यले रु दुई करोड ५० लाखको लागतमा भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको रु तीन करोड ६६ लाखको लागतमा नेपाली सेनाले जीर्ण तालको पुन निर्माण गरी विसं २०७३ मा स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

Tags: बर्जु
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सरस्वती उच्च माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम
समाचार

सरस्वती उच्च माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम

by टाकुरा न्यूज । इटहरी
अशोज २१, २०८३
0

विराटनगर : नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाटस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको...

परिणाममुखी काम गरेर उपलब्धि देखाउन आवश्यक : उपसभामुख दनुवार
समाचार

परिणाममुखी काम गरेर उपलब्धि देखाउन आवश्यक : उपसभामुख दनुवार

by माधव पोख्रेल
अशोज २१, २०८३
0

असोज : कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले जनप्रतिनिधि, सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गरेर उपलब्धि देखाउन आवश्यक रहेको...

महिला अधिकारकर्मी एवम् अधिवक्ता शोभा बजगाईँको निधन

महिला अधिकारकर्मी एवम् अधिवक्ता शोभा बजगाईँको निधन

अशोज २१, २०८३
सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

अशोज २०, २०८३
साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

अशोज २०, २०८३
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सरस्वती उच्च माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम

सरस्वती उच्च माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम

अशोज २१, २०८३
परिणाममुखी काम गरेर उपलब्धि देखाउन आवश्यक : उपसभामुख दनुवार

परिणाममुखी काम गरेर उपलब्धि देखाउन आवश्यक : उपसभामुख दनुवार

अशोज २१, २०८३
महिला अधिकारकर्मी एवम् अधिवक्ता शोभा बजगाईँको निधन

महिला अधिकारकर्मी एवम् अधिवक्ता शोभा बजगाईँको निधन

अशोज २१, २०८३
सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

सुनसरीमा १५ लाख मूल्य बराबरको खरबुजाको बीउ बरामद

अशोज २०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    967 shares
    Share 387 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.