संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ का ५ सिताराम गुरुङ भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
गुरुङले भरुवा बन्दुक लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।
त्यसक्रममा घरभित्र लुकाइराखेको अवस्थामा एक नाल भरुवा बन्दुक, १०० ग्राम बारुद र २० पिस छर्रा बरामद भएपछि गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच, सोही प्रहरी टोलीले मकालु गाउँपालिका–५ मांसिमा रहेको एक ओडारबाट बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक, छर्रा, फलामका टुक्रा, बारुद र पटका समेत फेला पारी बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post