Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

कोशी सेन्ट जेम्सको साँढे पाँच लाख सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
in समाचार
0
भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले सहयोग जुटाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको पहलमा विभिन्न विद्यालय तथा कलेजबाट ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सङ्कलन भएको हो ।

सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने हिसान सुनसरीले जनाएको छ । इटहरी क्लस्टरबाट मात्रै ५२ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ सङ्कलन भएको छ भने धरानबाट एक लाख ६० हजार १० रुपैयाँ र रामधुनी–इनरुवा क्षेत्रबाट एक लाख ७५ हजार रुपैयाँ जुटाइएको छ ।

विभिन्न विद्यालय, शिक्षक तथा विद्यार्थीको सहभागितामा सङ्कलित रकम विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री विपत् उद्धार तथा राहत कोषमा जम्मा गरिने सिहानले जनाएको छ । हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले विपद्को समयमा शैक्षिक क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको बताएका छन् ।

कोशी सेन्ट जेम्सको साँढे पाँच लाख सहयोग :

सुनसरीको इटहरीस्थित कोशी सेन्ट जेम्सले प्रधानमन्त्री विपत् उद्धार तथा राहत कोषमा साँढे पाँच लाख जम्मा गर्ने घोषणा गरेको छ । हिसानमा नरहेको कोशी जेन्ट जेम्सका अध्यक्ष टङ्कबहादुर खुलालले कोशी सेन्ट जेम्सका शिक्षक, अभिभावक तथा विद्यार्थीबाट स्वस्फूर्त सहयोग रकम सङ्कलन गरिएको जनाएका छन् ।

भोटेकोशी बाढीपछि सरकारले विभिन्न चरणमा उद्धार तथा राहतको कामलाई तीव्र बनाएको छ भने हालसम्म प्रधानमन्त्री विपत् उद्धार तथा राहत कोषमा करीब छ अर्ब जम्मा भइसकेको सरकारले जनाएको छ । विभिन्न व्यक्ति, संस्था तथा विदेशी मित्र राष्ट्रहरूबाट सहयोग आउने क्रम जारी रहेको छ ।

Tags: बाढीहिसान सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.