Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
in समाचार
0
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

फाइल तस्बिर

62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्राको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्राले धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देशलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको ऐतिहासिक परम्परा भएको उल्लेख गर्दै यसले पुस्तौँदेखि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको भावना अभिवृद्धि गर्दै आएको बताएका छन् ।

उनले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने रथयात्रा धार्मिक उत्सवमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसले विराटनगरको इतिहास, मौलिक संस्कृति र सामूहिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताएका छन् ।

“राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक गौरवको जीवन्त प्रतिबिम्ब हो । यसले हाम्रो मौलिक परम्परा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई बलियो बनाउँदै आएको छ । पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यो ऐतिहासिक परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो,” मेयर कोइरालाले शुभकामना सन्देशमा भनेका छन् ।

विराटनगरको राधाकृष्ण रथयात्राको इतिहास झण्डै एक शताब्दी पुरानो छ । विसं १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएपछि खट यात्राबाट सुरु भएको धार्मिक परम्परा विसं २०२५ देखि भव्य रथयात्राका रूपमा अघि बढेको हो । खट यात्राको इतिहास जोड्दा यो परम्परा ९५औँ यात्रामा पुगेको छ भने रथयात्राका रूपमा शनिबार ५९औँ संस्करण हुँदैछ ।

यस वर्ष रथयात्रामा नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत गरी पाँच लाखभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ । राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे सुरु हुने रथयात्राले विराटनगरका प्रमुख बजार तथा सडक क्षेत्र परिक्रमा गर्नेछ ।

रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मुख्य सडक, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ । त्यसपछि बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा फर्किनेछ । करिब ८ किलोमिटर दूरीको यात्रामा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ ।

यस वर्ष रथयात्राको अर्को महत्वपूर्ण पक्ष धार्मिक मौलिकता कायम गर्ने उद्देश्यले गरिएको ध्वनि व्यवस्थापन हो । आयोजकले चर्को ध्वनि प्रदूषण हुने गरी प्रयोग हुँदै आएको डीजे प्रणालीमा प्रतिबन्ध लगाउँदै भजन–कीर्तन, धार्मिक झाँकी र परम्परागत सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिएको छ ।

रथमा जडान गरिएका दुईवटा हर्न माइकबाट भगवानका भजन बजाइनेछन् भने रथयात्राको मार्गमा विभिन्न स्थानमा स्थानीय भजन मण्डलीले भजन–कीर्तन प्रस्तुत गर्नेछन् । यसले धार्मिक पर्वको आध्यात्मिक वातावरण र मौलिकता संरक्षण गर्ने अपेक्षा गरिएको छ ।

रथयात्रामा यसपटक ९४ वटा धार्मिक झाँकी सहभागी हुनेछन् । धार्मिक, सांस्कृतिक तथा सामाजिक विषयवस्तु समेटिएका झाँकीले विराटनगरको विविधतापूर्ण संस्कृति र सामाजिक चेतनालाई प्रस्तुत गर्नेछन् ।

मेयर कोइरालाले रथयात्रामा देखाइने धार्मिक झाँकी, भजन–कीर्तन तथा सांस्कृतिक प्रस्तुतिले विराटनगरको मौलिक पहिचानलाई थप उजागर गर्ने बताएका छन् । उनका अनुसार रथयात्रा धार्मिक विश्वासको अभिव्यक्ति मात्र नभई विराटनगरको इतिहास, कला, संस्कृति र सामाजिक विविधताको साझा उत्सवसमेत हो ।

यस वर्ष रथयात्रालाई सामाजिक सेवासँग जोड्ने महत्वपूर्ण निर्णयसमेत गरिएको छ । रथयात्राका क्रममा संकलन हुने भेटी तथा दानपेटिकाको रकम धार्मिक गतिविधिमा खर्च नगरी भोटेकोशी बाढीपीडितको राहतका लागि प्रयोग गरिने भएको छ ।

नगर परिक्रमा गराइने तीनवटा दानपेटिकाबाट संकलित रकमसमेत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ । धार्मिक आस्थाबाट प्राप्त स्रोतलाई विपद्मा परेका नागरिकको राहतमा परिचालन गर्ने निर्णयले रथयात्राको मानवीय र सामाजिक पक्षलाई थप अर्थपूर्ण बनाएको छ ।

मेयर कोइरालाले धार्मिक आस्थालाई सामाजिक उत्तरदायित्वसँग जोड्ने यो अभ्यास अनुकरणीय रहेको बताएका छन् । विपद्मा परेका नागरिकप्रति सहयोग र ऐक्यबद्धता प्रकट गर्दै धार्मिक उत्सवलाई सेवाको माध्यम बनाउनु रथयात्राको सकारात्मक सन्देश भएको उनको भनाइ छ ।

रथयात्रालाई सुरक्षित तथा व्यवस्थित बनाउन आयोजक, स्वयंसेवक र सुरक्षा निकाय परिचालन गरिएको छ । ठूलो संख्यामा श्रद्धालुको उपस्थिति हुने भएकाले भिड व्यवस्थापन, यातायात सञ्चालन, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ ।

सुरक्षाका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनेछ भने सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि आकाशबाट निगरानी गर्ने उपकरणसमेत प्रयोग गरिनेछ । उच्छृङ्खल तथा आपराधिक गतिविधिमा संलग्न हुनेमाथि तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने सुरक्षा निकायले जनाएको छ ।

रथयात्रा व्यवस्थापनका लागि १ हजार १ सदस्यीय मूल समारोह समिति र २१ वटा उपसमिति गठन गरिएको छ । स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत्, स्वयंसेवक परिचालन, झाँकी व्यवस्थापन तथा प्रचारप्रसारलगायतका जिम्मेवारी छुट्टाछुट्टै उपसमितिलाई दिइएको छ ।

मेयर कोइरालाले रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सबै श्रद्धालु, सहभागी, स्वयंसेवक तथा नगरवासीलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका छन् ।

उनले राधाकृष्ण रथयात्राले विराटनगरको धार्मिक आस्था, सांस्कृतिक वैभव र सामाजिक एकताको सन्देशलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै देश तथा विदेशबाट सहभागी हुने सम्पूर्ण श्रद्धालुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

“राधाकृष्ण रथयात्राले हाम्रो धार्मिक आस्था, सांस्कृतिक मौलिकता र सामाजिक एकतालाई अझ मजबुत बनाओस् । विराटनगरको गौरव र पहिचानका रूपमा स्थापित यस ऐतिहासिक रथयात्राले देश–विदेशमा शान्ति, सद्भाव, सहिष्णुता र मानव सेवाको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना गर्दछु,” मेयर कोइरालाले भनेका छन् ।

Tags: #विराटनगररथयात्राविराटनगर महानगरपालिकाश्रीराधाकृष्ण रथयात्रा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    637 shares
    Share 255 Tweet 159
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    328 shares
    Share 131 Tweet 82
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.