Sunday, September 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
in विविध, समाचार
0
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सभामा कलेजको शैक्षिक प्रगति, आगामी योजना, बजेट तथा संस्थागत विकासका विषयमा छलफल गरिएको थियो ।

सभामा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका पूर्वाञ्चल प्रमुख प्रा. डा. गोविन्द गुरागाईं, पब्लिक क्याम्पस संघ कोशी प्रदेशका अध्यक्ष अर्जुनराज अधिकारी, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी र इटहरी–२० का वडाध्यक्ष मणिराम श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, क्याम्पस प्रमुख, विद्यालयका प्रमुख तथा अध्यक्ष, कलेज सभाका सदस्य, आजीवन तथा संरक्षक सदस्य, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सभामा क्याम्पस प्रमुख द्रोणबहादुर न्यौपानेले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कलेजको शैक्षिक, प्रशासनिक तथा संस्थागत क्षेत्रमा भएका उपलब्धि, आगामी कार्ययोजना तथा कलेजको समग्र विकासका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले राष्ट्रिय जनसहयोग कलेजले हासिल गरेको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा पनि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कलेजले हासिल गरेको उत्कृष्ट नतिजासहित शैक्षिक गुणस्तर सुधारका लागि प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको योगदान महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो ।

बीबीएसको नतिजाले सभामा विशेष चर्चा

हालै प्रकाशित बीबीएस चौथो वर्षको परीक्षाफल सभाको विशेष आकर्षण बनेको थियो । उक्त नतिजामा राष्ट्रिय जनसहयोग कलेजका १२ जना विद्यार्थीले विशिष्ट श्रेणी हासिल गरेको जानकारी गराइएको थियो ।

त्यस्तै, छात्रा प्रतिभा लुइँटेलले ८७.८० प्रतिशत अंक प्राप्त गरेको विषयलाई सभामा विशेष रूपमा चर्चा गरिएको थियो ।

उक्त उपलब्धिलाई सभामा सहभागीहरूले कलेजको शैक्षिक इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थी, क्याम्पस प्रमुख तथा प्राध्यापकहरूलाई बधाई तथा धन्यवाद दिएका थिए ।

क्याम्पस प्रमुख न्यौपानेले उत्कृष्ट नतिजा कुनै एक व्यक्ति वा पक्षको मात्र प्रयासबाट सम्भव नभई कलेज परिवार, विद्यार्थी, अभिभावक, सञ्चालक समिति तथा शुभेच्छुकहरूको सामूहिक प्रयासको परिणाम भएको बताए ।

सभाले आर्थिक वर्ष २०८३।८४ का लागि प्रस्तावित योजना, बजेट तथा कार्यक्रम पारित गरेको छ । त्यसैगरी अघिल्लो वर्षको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत छलफलपछि पारित गरिएको कलेजले जनाएको छ ।

कलेजको शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउने, प्रशासनिक व्यवस्थापन सुधार गर्ने तथा संस्थागत विकासलाई प्रभावकारी बनाउने विषयमा सभामा सहभागीहरूले विभिन्न सुझाव तथा सल्लाह दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो । उनीहरूको योगदान र उपलब्धिले कलेजको शैक्षिक वातावरणलाई थप प्रेरणादायी बनाउन सहयोग पुगेको सभामा बताइएको थियो ।

कमला खड्काको संयोजन तथा सभा खगेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कलेजको आगामी यात्राका लागि सबै पक्षको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Tags: कलेज सभाराष्ट्रिय जनसहयोग कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र
FEATURE BREAKING

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

by माधव पोख्रेल
अशोज ११, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं.–१ रानीटारबाट भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु गरेको १० वर्ष...

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३
पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

पेसागत प्रतिनिधित्वको मुद्दासहित महाधिवेशन प्रतिनिधिमा पवन अधिकारीको दाबी

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.