धरान १ पुरानो बजारबाट दुईजनालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय नीरज भट्टराई रहेका छन् ।
विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
लुकाई छिपाई राखिएको २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन, ४ क्याप्सुल नाईट्रोजन र नगद ९७ हजार रुपैँया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना सोही स्थानमा कोठा भाडा लिएर बस्दै आएको खुलेको छ ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post