इटहरी : नागरिक समाज इटहरीको अध्यक्षमा दोर्णबहादुर न्यौपाने चयन भएका छन् । नागरिक भेला तथा पुस्तक विमोचन कार्यक्रमबाट न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
न्यौपाने यसअघि समाजको उपाध्यक्ष थिए । उनी इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजका क्याम्पस प्रमुखसमेत हुन् ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा भोलाकाजी बस्नेत, गंगा आचार्य र सुरेन्द्र तामाङ, महासचिवमा लक्ष्मी कुमारी थेवे तथा सचिवमा तेज दाहाल चयन भएका छन् ।
समितिको सदस्यमा अनन्त विष्ट, उर्मिला कटुवाल, सुमित अधिकारी, पुष्पप्रभा गुरागाईँ, राजेन्द्र बास्तोला, प्रदीपकुमार रेग्मी, सचिन पोख्रेल, हिमाल दाहाल, विनोद देवान, राम खड्का, डीसी चौधरी, नटवर राठी, गंगा कार्की पौडेल, दिनेश कोइराला, डम्बर तामाङ र सुवास गौतम चयन भएका छन् ।
समितिको कार्यकाल एक वर्षको हुनेछ ।
कार्यक्रममा नागरिक समाज इटहरीले प्रकाशन गरेको ‘नागरिक सन्देश–२’ पुस्तकसमेत विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले नागरिक समाज लोकतन्त्रको मुख्य आधार भएको बताउँदै सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले आवाज उठाउनुपर्ने बताइन् ।
















Discussion about this post