Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
in समाचार
0
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने
59
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ : राष्ट्रिय बालअधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच बाढी प्रभावित बालबालिकाको संरक्षण, गुणस्तरीय वैकल्पिक हेरचाह र प्रभावित परिवारको सबलीकरणका लागि पाँचवर्षे समझदारी भएको छ।

गत भदौ १० गते रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीबाट प्रभावित बालबालिकाको तत्कालीन तथा दीर्घकालीन हेरचाह, संरक्षण र पुनःस्थापनाका लागि दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार एसओएस बालग्राम नेपालले बालबालिकाको वैकल्पिक हेरचाह, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनःस्थापना, परिवार सहयोग र सामाजिक सुरक्षालगायतका क्षेत्रमा राष्ट्रिय बाल अधिकार परिषद्सँग सहकार्य गर्नेछ।

समझदारीपत्रमा एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गङ्गाबहादुर गुरुङ र राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव दुर्गाप्रसाद चालिसेले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको उपस्थितिमा हस्ताक्षर गरेका हुन्।

एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गुरुङले बाढीका कारण बालबालिकाले परिवार र अभिभावक गुमाउनुपरेको तथा उनीहरूको पारिवारिक जीवनमा गम्भीर असर परेको अवस्थामा समझदारीले सुरक्षित वातावरणमा हुर्कन र आधारभूत अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने बताए।

उनले प्रभावित बालबालिकाको संरक्षण, परिवारको सबलीकरण र आवश्यकताअनुसार दीर्घकालीन हेरचाहका लागि एसओएस बालग्राम नेपालले कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। उनका अनुसार साझेदारीले नेपालको वैकल्पिक हेरचाहको गुणस्तर सुधार, स्थानीय बाल संरक्षण प्रणालीको सुदृढीकरण र बालबालिकाको पारिवारिक वियोगको जोखिम न्यूनीकरणमा समेत सहयोग पुर्‍याउनेछ।

समझदारीअनुसार बाढीका कारण अभिभावकको हेरचाह तथा संरक्षण गुमाएका ५० जना बालबालिकाको व्यक्तिगत मूल्याङ्कन गरी उनीहरूको सर्वोत्तम हितका आधारमा पारिवारिक वातावरणमा आधारित वैकल्पिक हेरचाहको व्यवस्था गरिनेछ। यस्तै, १०० जनासम्म बालबालिकालाई नातेदारको परिवारमा सुरक्षित रूपमा हुर्कन आवश्यक सहयोग उपलब्ध गराउन सहकार्य गरिनेछ।

यसैगरी, बाढीबाट प्रभावित ४०० परिवारलाई आवश्यकताका आधारमा आवास सुरक्षा, शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन र सामाजिक सुरक्षा सेवामा पहुँच स्थापित गर्न सहयोग गरिने समझदारीमा उल्लेख छ।

प्रत्येक बालबालिकाको अवस्था र आवश्यकताका आधारमा व्यक्तिगत दीर्घकालीन हेरचाह योजना तयार गरिनेछ। आवश्यकताअनुसार परिवार खोजतलास, पारिवारिक पुनर्मिलन र पुनःस्थापनालाई प्राथमिकता दिइनेछ।

प्रभावित बालबालिकालाई मनोसामाजिक सहयोग उपलब्ध गराउनुका साथै उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा र हेरचाहको अवस्थाको नियमित अनुगमनसमेत गरिनेछ।

समझदारीले स्थानीय तह र सम्बन्धित सरोकारवालासँगको समन्वयमा बाल संरक्षणसम्बन्धी आवश्यकता पहिचान, सिफारिस, घटना व्यवस्थापन तथा हेरचाह अनुगमन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

बालबालिकासम्बन्धी ऐन, २०७५ र बालबालिकासम्बन्धी नियमावली, २०७८ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार विशेष संरक्षण र वैकल्पिक हेरचाह आवश्यक भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित निकायसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिनेछ।

असोज २९ गतेदेखि लागू हुने पाँचवर्षे समझदारीअन्तर्गत संयुक्त अनुगमन, निरन्तर समन्वय र वार्षिक समीक्षामार्फत सहकार्यका गतिविधिको प्रगति मूल्याङ्कन गरिनेछ।

एसओएस बालग्राम नेपालले नेपालका सातै प्रदेशमा पारिवारिक वातावरणमा आधारित हेरचाह, नातागोता हेरचाह, युवा विकास, शिक्षा, तालिम र परिवार सबलीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्थाले बालबालिका तथा युवाको अधिकार प्रवर्द्धन र संरक्षणका लागि पैरवीसमेत गर्दै आएको छ।

Tags: एसओएस बालग्राम नेपालबालबालिकारसुवा बाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

धरान : धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० देखि ३५ वर्षका पुरुष...

भेडाको ऊन काट्दै भेडापालक किसान
विविध

भेडाको ऊन काट्दै भेडापालक किसान

by टाकुरा न्यूज । इटहरी
अशोज २९, २०८३
0

ताप्लेजुङको फुङलिङ नगरपालिका-११, फावाखोलाका भेडापालक किसान भेडाको ऊन काट्दै । चिसो मौसम सुरु भएसँगै लेकाली क्षेत्रबाट बेसीतर्फ झारिएका भेडालाई सहज...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३
भेडाको ऊन काट्दै भेडापालक किसान

भेडाको ऊन काट्दै भेडापालक किसान

अशोज २९, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

अशोज २९, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एसओएस बालग्रामले सघाउने

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.