उदयपुर : काठमाडौँबाट धरानतर्फ आउँदै गरेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार प्रदेश १–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो ।
बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
















Discussion about this post