Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
in FEATURE BREAKING, समाचार
0
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

विराटनगरका मेयर नागेश कोइराला ।

52
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वले सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

२०८३ सालको बडादसैं, शुभदीपावली, नेपाल सम्वत् तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वलाई धार्मिक आस्था र परम्परामा मात्र सीमित नराखी सामाजिक सद्भाव, सहकार्य र मानवीय संवेदना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन आग्रह गरेका हुन् ।

मेयर कोइरालाले चाडपर्वको वास्तविक खुसी आफू रमाउनुमा मात्र नभई अरूको मुहारमा समेत मुस्कान ल्याउन सक्नुमा रहेको उल्लेख गरेका छन् । उनले विपन्न, असहाय, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा समस्यामा परेका नागरिकको खुसीमा साथ दिन आग्रह गरेका छन् ।

चाडपर्वका नाममा हुने भड्किलो खर्च, देखासिकी र अनावश्यक प्रतिस्पर्धालाई निरुत्साहित गर्दै आत्मीयता, सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

बडादसैं सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र सकारात्मक शक्तिप्रतिको विश्वासको प्रतीक भएको उल्लेख गर्दै कोइरालाले यस पर्वले अन्याय, अत्याचार र सामाजिक विकृतिविरुद्ध उभिने प्रेरणा दिने बताएका छन् ।

देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको पौराणिक मान्यताले सत्य, साहस र सदाचारको मार्गमा अघि बढ्न सन्देश दिने उनको भनाइ छ ।

त्यस्तै, शुभदीपावलीले अन्धकारमाथि उज्यालोको विजय र जीवनमा आशाको सञ्चार गर्ने, नेपाल सम्वत्ले मौलिक पहिचान तथा सांस्कृतिक गौरव बढाउने र छठ पर्वले प्रकृति, सूर्य तथा जलप्रतिको सम्मानसँगै श्रद्धा, अनुशासन र समर्पणको भावना अभिवृद्धि गर्ने उनले बताएका छन् ।

नेपाली समाज विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध रहेको उल्लेख गर्दै कोइरालाले यस्ता पर्वले विविधताबीचको एकता, सहअस्तित्व र आपसी विश्वासलाई बलियो बनाउने बताएका छन् ।

चाडपर्वले परिवारका सदस्यलाई एकै ठाउँमा जोड्ने, टाढिएका मनलाई नजिक ल्याउने र पुस्तान्तरणमार्फत संस्कार तथा संस्कृति संरक्षणमा योगदान पुर्‍याउने उनको भनाइ छ ।

विराटनगर महानगरपालिकालाई स्वच्छ, सुन्दर, व्यवस्थित, समुन्नत र समावेशी सहर बनाउने अभियानमा एकता, सहकार्य र सामाजिक सद्भाव अपरिहार्य रहेको कोइरालाले उल्लेख गरेका छन् ।

महानगरको विकास र समृद्धिका लागि नागरिकबीच आपसी विश्वास, सहयोग र साझा जिम्मेवारीको भावना आवश्यक रहेको उनको सन्देश छ ।

उनले चाडपर्वले प्रत्येक घरमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै हरेक मनमा आशा र विश्वास जगाओस् भन्ने कामना गरेका छन् ।

साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै देशलाई विकास र समृद्धिको साझा बाटोमा अघि बढ्न सबै पर्वले प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

Tags: #विराटनगरनागेश कोइरालाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती
विविध

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

उदयपुर : उदयपुरको गाईघाटस्थित पञ्चावती भगवती मन्दिरमा दसैँको सप्तमीका अवसरमा शनिबार वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय,...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
समाचार

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा आफ्नै घरको बरण्डामा एक पुरुष मृत फेला परेका छन् । धारिलो हतियार प्रहारबाट ५५...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३
इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

कार्तिक १, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

कार्तिक १, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

कार्तिक १, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी र मोरङबाट लागूऔषधसहित नौ जना पक्राउ

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन