Wednesday, November 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी र बराहक्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १८, २०८३
in समाचार
0
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

साङ्केतिक तस्वीर ।

49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रदेश अनुसन्धान टोली (पीआईटी) तथा सामुदायिक प्रहरी बिट हलगडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४, हलगडाबाट एक जनालाई पक्राउ गरेको हो ।

सामुदायिक अस्पताल पछाडिको बाटोमा पैदल हिँडिरहेका सिरहा गोलबजार नगरपालिका–६ घर भई हाल इटहरी–४ बस्दै आएका २० वर्षीय अबिनाश रौनियार साहको शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने २ ग्राम ५० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको छ ।

यसैगरी, बराहक्षेत्र नगरपालिका–३, नडाहास्थित एक घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

लक्ष्मण थिङको कोठामा खानतलासी गर्दा ट्रामाडोल १०० क्याप्सुल र स्पास्पेन ११० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । घटनामा बराहक्षेत्र–३ का २७ वर्षीय लक्ष्मण थिङ, २२ वर्षीय राकेश काफ्ले र २३ वर्षीय रबिन कार्कीलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: #लागूऔषध #सुनसरी #पक्राउ #सुनसरी प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद
समाचार

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

by मनाेज अधिकारी
कार्तिक १७, २०८३
0

विराटनगर : भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरिएको ५ लाख १९ हजार ८४० रुपैयाँ बराबरको रजनीगन्धा मोरङमा बरामद भएको छ।...

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
FEATURE BREAKING

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

कार्तिक १७, २०८३
सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १७, २०८३
निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

इटहरी र बराहक्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ

कार्तिक १८, २०८३
भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको रजनीगन्धा मोरङमा बरामद

कार्तिक १७, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कार्तिक १७, २०८३
ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

कार्तिक १७, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन