Friday, November 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

नेपालका पहिलो यूआईएमएलए मान्यताप्राप्त इन्टरनेशनल माउन्टेन लिडर कृष्णकुमार मगर र सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई प्रदेश प्रमुख परशुराम खापुङद्वारा सम्मानसहित बधाई तथा शुभकामना व्यक्त ।

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०८३
in FEATURE BREAKING, समाचार
0
सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म
50
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालको हिमाली पर्यटन, पर्वतीय नेतृत्व र साहसिक आरोहण क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तित्वलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपालका पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त इन्टरनेशनल माउन्टेन लिडर कृष्णकुमार मगर र लिम्बू समुदायबाट पहिलो सगरमाथा आरोही सुशील शेर्मा लिम्बूलाई प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालको अन्तिम समयमा बधाई ज्ञापन गरेका हुन् ।

नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मगर र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर लिम्बू समुदायको प्रतिनिधित्व गरेका शेर्माको उपलब्धिलाई प्रदेश प्रमुखबाट गरिएको सम्मानले उनीहरुलाई नेपालको पर्यटन क्षेत्रमा थप योगदान गर्न हौसला प्रदान गरेको छ ।

प्रदेश प्रमुख खापुङको शुभकामना तथा बधाई प्राप्त गरेपछि कृष्णकुमार मगरले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै प्रदेश प्रमुख, उनका स्वकीय सचिव देवेन्द्र खापुङलगायत प्रदेश प्रमुखको कार्यालय परिवारप्रति आभार प्रकट गरेका छन् ।

मगरले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न लागेका प्रदेश प्रमुख खापुङलाई सफल कार्यकालका लागि बधाई दिँदै कार्यकालको अन्तिम समयमा आफू र नेपालको पहिलो कीर्तिमानी अन्तर्राष्ट्रिय माउन्टेन लिडरका रूपमा आफ्नो उपलब्धिलाई सम्मान गरेकोमा धन्यवाद दिएका छन् ।

उनले आफ्नो सन्देशको अन्त्यमा किरात लिम्बू समुदायको अभिवादन ‘सेवारो’ समेत व्यक्त गरे ।

नेपालका पहिलो यूआईएमएलए मान्यताप्राप्त माउन्टेन लिडर सोलुखुम्बुको टाप्टिनमा जन्मिएका कृष्णकुमार मगर नेपालको पर्वतीय पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान स्थापित गर्ने पर्वतीय नेतृत्वकर्ता हुन । उनी यूआईएमएलएबाट मान्यताप्राप्त नेपालका पहिलो इन्टरनेशनल माउन्टेन लिडर हुन् ।

उनको व्यावसायिक यात्राको सुरुवात किशोरावस्थामै भएको थियो । १५ वर्षको उमेरमा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि हिमाली यात्राप्रतिको आकर्षणलाई व्यावसायिक यात्रामा रूपान्तरण गरेका मगरले पर्वतीय पर्यटन क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् ।

उनी फ्रेन्च भाषामा समेत दक्ष पूर्णकालीन अन्तर्राष्ट्रिय माउन्टेन लिडर तथा प्रशिक्षकका रूपमा परिचित छन् । ड्रीम पिक एड्भेन्चरको आधिकारिक परिचयमा उनलाई सन् २०२१ देखि नेपालको पहिलो यूआईएमएलए प्रमाणित इन्टरनेसनल माउन्टेन लिडरका रूपमा उल्लेख गरिएको छ ।

माउन्टेन लिडरको जिम्मेवारी पर्यटकलाई एउटा गन्तव्यबाट अर्को गन्तव्यसम्म पु¥याउनु मात्र होइन, हिमाली भूगोल, मौसम, जोखिम व्यवस्थापन, पदयात्रा नेतृत्व, उद्धारसम्बन्धी ज्ञान र अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डको पालना पनि यसका महत्वपूर्ण पक्ष हुन् ।

यस अर्थमा मगरको उपलब्धि नेपालको पदयात्रा क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डसँग जोड्ने एउटा महत्वपूर्ण उपलब्धि हो ।

उनको सफलताले नेपाली पर्वतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय तालिम र व्यावसायिक प्रमाणपत्रको महत्वसमेत उजागर गरेको छ ।

उता सगरमाथा चढ्ने लिम्बू समुदायका प्रथम आरोही, कोशी प्रदेशको हिमाली पर्यटन र समुदायगत पहिचानसँग जोडिएको अर्को महत्वपूर्ण नाम हो– सुशील शेर्मा लिम्बू । उनले सन् २०१७ मे २० मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनले नेपालबाट दक्षिणी मार्ग हुँदै आरोहण गरी सन् २०१७ मे २० मा सर्वाेच्च शिखर सगरमाथाको शिर चुमेका थिए ।

सगरमाथा आरोहणको यो उपलब्धि लिम्बू समुदायका लागि पनि गौरवको विषय हो । हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रमा विभिन्न जातीय समुदायको सहभागिता तथा प्रतिनिधित्व बढ्दै जानु नेपालको पर्वतीय पहिचानका लागि महत्वपूर्ण पक्ष हो ।

यसैगरी, सन् २०२६ को वसन्तयाममा सगरमाथा आधार शिविरमा स्थापना गरिएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा पनि कृष्णकुमार मगर र सुशील शेर्मा लेईजन अफिसरका रुपमा सहभागी भई पर्वतीय पर्यटन ब्यवस्थापन गर्न नेपाल सरकारको तर्फबाट महत्वपुर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । यसले उनीहरूको पर्वतीय पर्यटनसँगको व्यावसायिक संलग्नतालाई थप उजागर गरेको छ ।

यसैबीच प्रदेश प्रमुख परशुराम खापुङ यही कात्तिक २४ गते कार्यकाल पूरा गरी बिदाइ हुँदैछन् । उनले २०७८ कात्तिक २३ गते प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए र २०८३ कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गर्दैछन् । संघीयता कार्यान्वयनपछि पाँचवर्षे पूर्ण कार्यकाल पूरा गर्ने खापुङ पहिलो प्रदेश प्रमुख पनि हुन् ।

राजनीतिक समीकरण र सरकार परिवर्तनको शृङ्खलाबीच पनि पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुखका रूपमा उनको कार्यकाललाई चर्चा छ । उनको कार्यकालमा तत्कालीन प्रदेश नम्बर १ को नाम परिवर्तन भएर कोशी प्रदेश बनेको थियो । प्रदेशमा विभिन्न राजनीतिक नेतृत्वका सरकारसँग उनले संवैधानिक जिम्मेवारी निर्वाह गरेका थिए ।

उनको कार्यकालको अन्तिम समयमा पर्वतीय पर्यटन र सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुले प्रदेशको हिमाली पर्यटन, साहसिक पर्यटन र स्थानीय समुदायका उपलब्धिलाई सार्वजनिक पहिचान दिने अवसरसमेत सिर्जना गरेको छ ।

Tags: पर्शुराम खापुङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ
समाचार

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

by माधव पोख्रेल
कार्तिक १९, २०८३
0

उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका तीन युवक पक्राउ परेका छन् । कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट...

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कोशीमा जनस्वास्थ्य ऐन कागजमै सीमित, कार्यान्वयनमा अनेक समस्या

कार्तिक १९, २०८३
सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

सुनसरीमा प्रहरी देखेपछि कपडासहित मोटरसाइकल छाडेर चालक फरार

कार्तिक १९, २०८३
विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३
गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

सगरमाथाको शिखरदेखि अन्तर्राष्ट्रिय पर्वतीय नेतृत्वसम्म

कार्तिक २०, २०८३
“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

“हुर्रा बचाऔं, पहिचान जोगाऔं ” – तस्वीरहरू

कार्तिक १९, २०८३
उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक १९, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

कार्तिक १९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    378 shares
    Share 151 Tweet 95
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन