Saturday, November 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home धर्म/संस्कृति

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
in धर्म/संस्कृति, विविध, समाचार
0
आजदेखि तिहार सुरु
50
SHARES
Share on FacebookShare on Twitter

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भएको छ ।

यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व शुक्रबार नै मनाइएको छ ।

यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

Tags: #तिहारकाग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान
FEATURE BREAKING

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक २१, २०८३
0

विराटनगर : ट्याक्टर दुर्घटनामा परेका एक चालक दुई घण्टाभन्दा बढी समय ट्याक्टर र गोलिया काठमुनि च्यापिएर छटपटाइरहे । प्रहरी र...

देउसीभैलोले जोगाएको मादलको बजार
FEATURE BREAKING

देउसीभैलोले जोगाएको मादलको बजार

by रासस
कार्तिक २१, २०८३
0

सुनसरी : तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले...

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

कार्तिक २०, २०८३
बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

बेलकामा २ हजार ८२० किलोभन्दा बढी प्रतिबन्धित गाँजा बरामद

कार्तिक २०, २०८३
२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

२० वर्षपछि उदयपुरका २७ भूमिहीन परिवारले पाए लालपुर्जा

कार्तिक २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

मोरङमा ट्याक्टरमुनि दुई घण्टा छटपटाए चालक, उद्धार नहुँदै गयो ज्यान

कार्तिक २१, २०८३
आजदेखि तिहार सुरु

कागको पूजा र यम दीपदानसँगै तिहार सुरु

कार्तिक २१, २०८३
देउसीभैलोले जोगाएको मादलको बजार

देउसीभैलोले जोगाएको मादलको बजार

कार्तिक २१, २०८३
सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

सम्झौता अवधिभन्दा १० महिनाअघि नै बन्यो कट्नु खोला पुल

कार्तिक २०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    514 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    379 shares
    Share 152 Tweet 95
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    309 shares
    Share 124 Tweet 77
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    292 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.