Wednesday, November 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २, २०८३
in कला साहित्य, समाचार
0
धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी
52
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा पहिलो पटक आयोजना हुन लागेको फिल्म फेस्टिभलमा सहभागी हुन चाहने चलचित्र निर्माताका लागि आवेदन खुला गरिएको छ ।

बीपीफोर इन्टरटेन्मेन्टले आगामी मङ्सिर २७ र २८ गते आयोजना गर्ने ‘धरान फिल्म फेस्टिभल’ का लागि मङ्गलबारदेखि अनलाइन आवेदन लिन थालेको हो ।

फेस्टिभलमा फिचर फिल्म, लघु चलचित्र र वृत्तचित्रलगायत विभिन्न विधाका चलचित्र समावेश गरिने आयोजकले जनाएको छ । ४० मिनेटसम्मका चलचित्रले आवेदन दिन सक्नेछन् । आवेदनको अन्तिम म्याद मङ्सिर १० गतेसम्म तोकिएको छ ।

फेस्टिभलका निर्देशक तथा आयोजक संस्थाका सञ्चालक विनोद विश्वकर्माका अनुसार चलचित्र निर्माताले आयोजकको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड तथा आवेदन लिङ्कमार्फत चलचित्र पठाउन सक्नेछन् ।

धरान फिल्म फेस्टिभलको आधिकारिक वेबसाइट र इभेन्ट व्यवस्थापक इभेन्टलयको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

फेस्टिभललाई चलचित्र प्रदर्शनमा मात्र सीमित नराखी चलचित्र क्षेत्रका विभिन्न आयामबारे बहस र अनुभव आदानप्रदान गर्ने मञ्चका रूपमा विकास गर्ने आयोजकको तयारी छ ।

त्यसका लागि चलचित्र कार्यशाला, मास्टरक्लास, चलचित्र पत्रकार र कलाकारबीच अन्तरक्रिया तथा चलचित्र पर्यटनसम्बन्धी प्यानल छलफल आयोजना गरिनेछ ।

त्यस्तै, विशेष चलचित्र प्रदर्शन, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक प्रदर्शनीसमेत महोत्सवका आकर्षण रहनेछन् । फेस्टिभलका विभिन्न कार्यक्रम र विधामा सहभागी हुन आवश्यक दर्ता फाराम पनि अनलाइनमार्फत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

पहिलो पटक आयोजना हुन लागेको फेस्टिभलले धरानमा चलचित्र प्रदर्शन र सिर्जनासम्बन्धी गतिविधि विस्तार गर्नुका साथै चलचित्र पर्यटनको सम्भावनाबारे बहस अघि बढाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

Tags: #धरानफेस्टिभल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ
FEATURE BREAKING

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर २, २०८३
0

धरान : धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणका मुख्य योजनाकार...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

ब्राउनसुगरसहित नौ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लामा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा भारतीय परिवारका तीन सदस्यसहित नौ जना पक्राउ परेका छन्...

इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

मंसिर १, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

मोरङमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव निर्माणाधीन घरको खाल्डोमा

मंसिर १, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न अनुमति

मंसिर १, २०८३
जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

मंसिर १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी

मंसिर २, २०८३
बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ

मंसिर २, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित नौ जना पक्राउ

मंसिर १, २०८३
इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

मंसिर १, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1092 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    847 shares
    Share 339 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    517 shares
    Share 207 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.