Tuesday, November 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
in FEATURE BREAKING, समाचार
0
इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान
51
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा अपराध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र सीमावर्ती गतिविधिको निगरानीका लागि प्रहरीले जिल्लाभर सीसीटीभी सञ्जाल विस्तार गर्ने योजना अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य बजार, सडक, चोक तथा संवेदनशील क्षेत्रमा २५० वटा सीसीटीभी क्यामेरा जडान गर्ने तयारी गरेको हो ।

प्रस्तावित योजनाका लागि करिब ४ करोड ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर, योजना कार्यान्वयनका लागि आवश्यक बजेट प्रहरीसँग उपलब्ध छैन । त्यसैले प्रहरीले स्थानीय सरकार र निजी क्षेत्रलाई लगानीमा सहभागी गराएर स्रोत जुटाउने प्रयास थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार योजनाका लागि जिल्लाका १२ वटै स्थानीय तहसँग आर्थिक तथा अन्य सहयोग मागिएको छ । निजी क्षेत्रका ४९ जना व्यवसायीसँग पनि सहकार्यको पहल भइरहेको छ ।

प्रहरीले तयार पारेको योजनामा सदरमुकाम इनरुवासहित बढी चहलपहल हुने बजार, सुरक्षा चुनौती रहेका सडक तथा सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । क्यामेरा जडानपछि विभिन्न स्थानमा हुने गतिविधिको निगरानी गर्न र घटनापछि अनुसन्धानका लागि दृश्य अभिलेख प्रयोग गर्न सकिने प्रहरीको अपेक्षा छ ।

प्रहरीका अनुसार सीसीटीभी सञ्जालले चोरी, लुटपाट तथा अन्य आपराधिक घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउनुका साथै सवारी दुर्घटनाको कारण पहिचान गर्न र ट्राफिक नियम उल्लंघन गर्ने गतिविधि नियन्त्रण गर्नसमेत सघाउनेछ । सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिको निगरानीमा पनि यसलाई उपयोग गर्ने योजना छ ।

सीसीटीभी विस्तारसँगै जिल्लाको सडक सुरक्षा व्यवस्थापनलाई पनि अभियानका रूपमा अघि बढाउने प्रहरीको तयारी छ । सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी, ट्राफिक प्रहरी, स्थानीय तह र सरोकारवाला निकाय सम्मिलित समिति गठन गरेर समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

प्रहरीले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई पनि सुरक्षा योजनासँग जोडेको छ । युवापुस्तालाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने र विद्यालय, विद्यार्थी तथा अभिभावकमार्फत लागुऔषधविरुद्ध सचेतना फैलाउने योजना बनाइएको छ ।

यससम्बन्धी छलफलमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, एसपी मल्ल, डीएसपी चन्द्रबहादुर खड्कालगायत नागरिक तथा मानवअधिकार क्षेत्रमा कार्यरत प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा सहभागीहरूले अपराध नियन्त्रण, सडक सुरक्षा र सामाजिक विकृति न्यूनीकरणका लागि प्रहरीको प्रयाससँगै स्थानीय सरकार, व्यवसायी, नागरिक समाज र सर्वसाधारणको सहभागिता आवश्यक रहेको औँल्याएका थिए ।

प्रहरीले अघि सारेको सीसीटीभी योजना कार्यान्वयन भए सुनसरीका प्रमुख बजार र सडकमा प्रविधिमार्फत निगरानी विस्तार हुनेछ ।

Tags: #सुनसरीसिसी क्यामेरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

ब्राउनसुगरसहित नौ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लामा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा भारतीय परिवारका तीन सदस्यसहित नौ जना पक्राउ परेका छन्...

दुर्घटनामा १५ दिने शिशुको मृत्यु
समाचार

मोरङमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव निर्माणाधीन घरको खाल्डोमा

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
0

मोरङ : मोरङको रतुवामाईमा घरनजिकै खेल्न गएका चार वर्षीय बालक बेपत्ता भएको भोलिपल्ट निर्माणाधीन घरको सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न अनुमति

मंसिर १, २०८३
जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

मंसिर १, २०८३
सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित नौ जना पक्राउ

मंसिर १, २०८३
इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

मंसिर १, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

मोरङमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव निर्माणाधीन घरको खाल्डोमा

मंसिर १, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न अनुमति

मंसिर १, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.