झापा : झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलमा मोटरसाइकल र धान काट्ने मेसिनबीच ठक्कर हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको घटनास्थलमै ज्यान गएको हो ।
प्रहरीका अनुसार राति करिब १०ः४० बजे राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिन आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका दुई पुरुष छन् । उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानीयले भने मृतक दुवै जना बाह्रदशी–५ चकचकीका बासिन्दा हुन सक्ने बताएका छन् ।
दुर्घटनापछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र धान काट्ने मेसिन इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post