Friday, November 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

७५० क्षमताको कारागारमा १ हजार ७१० कैदीबन्दी

रासस by रासस
मंसिर ११, २०८३
in विविध, समाचार
0
जिल्ला कारागार झापामा शतप्रतिशत मतदान
57
SHARES
Share on FacebookShare on Twitter

झापा : झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।

प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिए ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ ।

झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका छन् । कारागार प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् ।

त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् । बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन् ।

कलबलगुढीमा नयाँ कारागारको तयारी

हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ ।

कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो ।

Tags: #झापाकारागारजिल्ला कारागार
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे
समाचार

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका–६ स्थित सुकुम्बा गाउँमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार
समाचार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : किताबी ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै उदयपुरको गाईघाटस्थित सगरमाथा मोडेल स्कुलले एकदिने खाद्य महोत्सव आयोजना गरेको छ । त्रियुगा...

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३
चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

मंसिर ११, २०८३
गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

मंसिर ११, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

सप्तकोशीमा पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३
चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

मंसिर ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1122 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.