Friday, November 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

हातेट्रयाक्टरको बढ्दो प्रयोगसँगै हराउँदै गोरु पाल्ने परम्परा

रासस by रासस
मंसिर ११, २०८३
in विविध, समाचार
0
हातेट्रयाक्टरको बढ्दो प्रयोगसँगै हराउँदै गोरु पाल्ने परम्परा
55
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु पाल्ने परम्परागत चलन घट्दै गएको छ ।

खेतीपातीका लागि गोरुमा निर्भर किसान पछिल्लो समय कृषि उपकरणको प्रयोगतर्फ आकर्षित भएपछि गोरुपालन घट्न थालेको हो ।

विगतमा खेतीपाती गर्ने प्रायः प्रत्येक किसान परिवारले एक हल गोरु पाल्ने गर्थे । खेत जोत्न, माटो सम्याउनलगायत कृषि कार्यमा गोरुको प्रयोग हुन्थ्यो । तर, हातेट्रयाक्टरबाट कम समय र श्रममा खनजोत गर्न सकिने भएपछि किसानले गोरु पाल्न छाड्दै गएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–५ का गणेश विष्टका अनुसार गोरुले एक दिन लगाउने खेतबारीको खनजोत हातेट्रयाक्टरबाट तीनदेखि चार घण्टामै गर्न सकिन्छ ।

परम्परागत रूपमा गोरुबाट खेत जोत्दा धेरै समय र श्रम खर्चिनुपर्ने भए पनि हातेट्रयाक्टरबाट छिटो काम सकिने उनको भनाइ छ ।

“समय र श्रम दुवै बचत हुने भएकाले अहिले किसानको रोजाइ हातेट्रयाक्टर बनेको छ”, उनले भने ।

टेम्केमैयुङ गाउँपालिका–४ नागीका रामकुमार राईले पनि हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घटेको बताए । विगतमा खेतीपातीका लागि प्रायः प्रत्येक घरमा एक हल गोरु हुने गरेकामा अहिले अधिकांश किसानले पाल्न छाडेको उनको भनाइ छ ।

“पहिले गाउँमा गोरु नपाल्ने घर कमै हुन्थे । खेतीपातीका लागि गोरु अनिवार्यजस्तै थियो”, उनले भने, “अहिले हातेट्रयाक्टरले खेतबारी जोत्न थालेपछि गोरु पाल्ने चलन निकै घटेको छ ।”

खेतीपातीमा परिवारका सदस्यको जनशक्ति कम हुँदै गएको अवस्थामा कृषि उपकरण उपयोगी बनेको किसान एकराज विष्टले बताए । हातेट्रयाक्टरको प्रयोगले खनजोतका लागि गोरुमाथिको निर्भरता घट्नुका साथै पशुपालनमा खर्चिनुपर्ने समय र श्रमसमेत बचत भएको उनको भनाइ छ ।

वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवाशक्ति बाहिरिने क्रम बढ्दा खेतीपातीमा जनशक्तिको अभाव हुने गरेको उनले बताए ।

किसानको माग र आवश्यकताअनुसार स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयले अनुदानमा हातेट्रयाक्टर वितरण गर्दै आएका छन् ।

पौवादुङमा गाउँपालिकाले पनि किसानलाई हातेट्रयाक्टर वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

किसानबाट हातेट्रयाक्टरको माग बढी आउने गरेको उल्लेख गर्दै उहाँले गत वर्ष गाउँपालिकामार्फत ३६० वटा हातेट्रयाक्टर वितरण गरिएको जानकारी दिए । कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानको मागअनुसार कृषि उपकरण वितरण गर्दै आएको उनको भनाइ छ ।

कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणालीमा पनि परिवर्तन आउन थालेको अध्यक्ष राईको भनाइ छ । विगतमा गोरुमा आधारित खेती प्रणाली अहिले क्रमशः कृषि उपकरणमा आधारित हुँदै गएको र यसले ग्रामीण कृषि जीवनशैलीमा समेत प्रभाव पारेको अध्यक्ष राई बताउँछन् ।

हातेट्रयाक्टरको प्रयोगले खेतीपातीमा सहजता थपिए पनि यसको सञ्चालनका लागि इन्धन, मर्मतसम्भार र प्राविधिक ज्ञान आवश्यक पर्ने पौवादुङमा गाउँपालिका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए ।

कृषि उपकरणको उचित व्यवस्थापन र मर्मतसम्भारमा किसानले ध्यान दिनुपर्ने उनको सुझाव छ । गाउँपालिकाले किसानलाई हातेट्रयाक्टर मर्मतसम्भारसम्बन्धी तालिमसमेत दिँदै आएको उनको भनाइ छ ।

कृषिमा आधुनिक उपकरणको प्रयोग विस्तार हुँदै जाँदा पुस्तौँदेखि चल्दै आएको गोरु पाल्ने परम्परा भने क्रमशः कमजोर बन्दै गएको छ ।

Tags: #भोजपुरसमाज
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे
समाचार

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : उदयपुरको बेलका नगरपालिका–६ स्थित सुकुम्बा गाउँमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार
समाचार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

by माधव पोख्रेल
मंसिर ११, २०८३
0

उदयपुर : किताबी ज्ञानलाई व्यावहारिक सीपसँग जोड्दै उदयपुरको गाईघाटस्थित सगरमाथा मोडेल स्कुलले एकदिने खाद्य महोत्सव आयोजना गरेको छ । त्रियुगा...

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३
चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

मंसिर ११, २०८३
गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

गुरुङ संस्कृति जोगाउन देशभरका प्रतिनिधि इटहरीमा जुट्दै

मंसिर ११, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

सप्तकोशीमा पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

मंसिर ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना मानिसको मृत्यु, २५ वटा हात्ती मरे

जङ्गली हात्तीको आक्रमणबाट बेलकामा वृद्धको मृत्यु

मंसिर ११, २०८३
सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

सगरमाथा माविका विद्यार्थीले बनाए २० भन्दा बढी परिकार

मंसिर ११, २०८३
एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

एसओएस हर्मन माविमा इटहरीमै पहिलोपटक ह्याकाथन प्रतियोगिता

मंसिर ११, २०८३
चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

चौदण्डीगढीमा आगलागी पीडितलाई नगरपालिकाद्वारा राहत वितरण

मंसिर ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1122 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.