ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
बिभिन्न मानिसहरुबाट बाहाना बनाई नगद पैसा लिई पैसा नभएको खाली चेक दिई ठगी गर्दै हिड्ने इटहरी ९ भोजपुरे टोल वस्ने, भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ को माधब रिसाललाई ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
ईनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपि बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
निजलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजीम ठगी गरेको अभियोगमा कानुनी कारबाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।













Discussion about this post