प्रदेश नम्बर १ को पहिलो पाँचतारे होटल मेची क्राउनमा कार्यरत कोही पनि कर्मचारीहरुमा कोरोना पुष्टि नभएको जानकारी गराएको छ। मेची क्राउनले मंगलबार एक बिज्ञप्ती जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो।
मेची क्राउनले जारी गरेको बिज्ञप्तीमा होटल र होटलमा पाहुनाको रुपमा एका प्रदेश नम्बर १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुसियतको नाम जोडेर कोरोना भाइरसको सन्दर्भमा विभिन्न मिडियामा आएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ। मन्त्री कुसियत तथा उनको टोलीका सदस्यहरुमा कोरोना नभएको प्रमाणित भएको विज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा होटलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले निर्धारण गरेका सम्पूर्ण सुरक्षा गाईडलाइनहरुलाई पूर्ण रुपमा पालना गर्दै अतिथिहरुलाई स्वागत गरिरहेकोले होटल पूर्ण रुपमा सुरक्षित रहेको र निर्धक्क भएर सेवा लिन अनुरोध समेत गरेको छ।
पुर्वी नेपालको पर्यटन, होटल व्यवसाय तथा समग्र अर्थतन्त्रको बिकासको लागि ठूलो लगानी र कुशल व्यवस्थापनसँगै होटल मेची क्राउन सञ्चालनमा ल्याएको स्मरण गराउँदै सेवा तथा सुरक्षाको सन्दर्भमा कुनै सम्झौता नगर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।














Discussion about this post