इटहरी : ज्यान मार्ने उद्योग मुद्दामा फरार आरोपीलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी इटहरी–९ का हर्के भनिने आदर्श चौधरीलाई पक्राउ गरेको हो ।
उनलाई असोज २८ गते पक्राउ गरी जिला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
आरोपी चौधरीले २०७४ असोज १४ गते इटहरी–८ का विपिन कार्कीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
इटहरीको बिजुली अफिसबाट इटहरी चोक जाने क्रममा इटहरी–९ ग्रिनपिस बोर्डिङ स्कुलको छेउमा पुग्दा चौधरी सहित ४–५ जनाको समूहले बाटो छेकेर कार्कीको टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका थिए ।
उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post