इटहरी : अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याएको करीब ६ लाख मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको छ ।
भारतबाट अबैध रुपमा लुकाई छिपाई बिराटनगर रानीको सीमा क्षेत्रबाट ल्याउँदै गरेको करीब ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाद्यान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै, इनरुवा–दुहवी सडकखण्ड क्षेत्रबाट लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो ।
साथै सामान ल्याउँन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र टेम्पोलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।













Discussion about this post