इटहरी : इटहरीमा एक हार्डवेयर पसलको ढोका फोडर चोरी गर्ने एकजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
गत असोज १४ गते राती इटहरी ६ मा रहेको एक हार्डवेयर पसलको ढोका फोडेर नगद ७४ हजार रुपैँया चोरी भएको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले चोरीमा संलग्न सोही हार्डवर पसलमा काम गर्नै २१ बर्षीय सुरज महलिलाई पक्राउ गरेको हो । उनी इटहरी ४ मा कोठाभाडामा बस्दै आएका थिए ।
उनको कोठाबाट चोरी गरेको मध्ये ४२ हजार ७ सय रुपैँया नगद र एक थान मोबाइल सेट समेत बरामद गरिएको इटहरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका महलिमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post