झण्डै ९ लाख रुपैँया रकम सहित प्रहरीले पाँचजना जुवाडेलाई पक्राउ गरेको छ । मोरङको केराबारी–६ बाट व्यापारीसहित ५ जना जुवाडेलाई प्रहरीले शनिबार राती पक्राउ गरेको हो ।
केराबारीमा हरेको कालिज पालन गरिएको कृषि फर्ममा जुवा खेल्दै गरेको अवस्थामा सञ्चालक भूपेन्द्र भट्टराईसहित ५ जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट प्रहरीले ८ लाख ९९ हजार २५० रुपैयाँ नगद समेत बरामद गरेको छ ।
उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले शनिबार छापा मार्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार कृषि फर्म सञ्चालन गरेको बाहानामा जुवा खेलाउने गरेको अनुमान गरिएको छ ।














Discussion about this post