मोरङको उर्लाबारी ४ आइतबारेको पूर्व–पश्चिम राजमार्गमा शनिवार साँझ एक महिलाको शव बिभत्स अवस्थामा फेला परेको छ । अन्दाजी वर्ष ३० कि एक महिलाको शव बिभत्स अवस्थामा फेला परेको छहो ।
शवको पहिचान खुल्न सकेको छैन । घटनाको प्रारम्भिक अवस्था अनुसार सवारी दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा गाडीले हानेर महिलाको मृत्यु भएको हुनसक्ने अनुमान छ । अहिले महिलाको शव पोस्टमार्टमको लागि मगलबारे अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post